खेलकूद
आईपीएलमा आज पञ्जाव र राजस्थान भिड्दै
२०७८ असोज ५ गते ९:०१
५ असोज २०७८ दुबई । इन्डियन प्रिमियर लीग क्रिकेट (आईपीएल) टी–ट्वान्टी क्रिकेट अन्तर्गत आज किंग्स पञ्जाव र राजस्थान रोयल्सबीच खेल हुँदैछ ।
साँझ ७ ः ४५ मा शुरु हुने आजको खेलमा पञ्जाव केएल राहुलको कप्तानीम मैदान उत्रने छ भने राजस्थान सञ्जु सैमसनको कप्तानीमा मैदान उत्रने छ ।
यसअघि, हिजो भएको खेलमा कोलकाता नाइट राइडर्सले रोयल च्यालेन्जर्स बैंगलोरमाथि जित हात पारेको छ ।
आबुधाबीमा भएको खेलमा कोलकाताले बैंगलोरलाई ९ विकेटले पराजित गर्दै जित हात पारेको हो । बैंगलोरले दिएको ९३ रनको लक्ष्य कोलकत्ताले १० ओभरमा १ विकेटको क्षतिमा पूरा गरेको थियोे ।
प्रतिक्रिया