खेलकूद
ला लिगामा बार्सिलोना र ग्रानाडामा रोकिए
२०७८ असोज ५ गते ८:०१
५ असोज २०७८ काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा बार्सिलोना बराबरीमा रोकिएको छ ।
ला लिगामा गएराति बार्सिलोना र ग्रानाडाले एक–एक गोलको बराबरीमा खेलेका हुन् । बार्सिलोनाको घरेलु मैदान नाउ क्याम्पमा ग्रानाडाले खेलको दोस्रो मिनेटमै डोमिन्गोस डुआर्टेको हेडर गोलबाट अग्रता बनाएको थियो ।
हारको नजिक पुगेको बार्सिलोनाले अन्तिम मिनेटमा गोल फर्काएको थियो । उसका लागि ९०औं मिनेटमा रोनाल्ड अराउजोले हेडमार्फत गोल गरे । बराबरपछि ४ खेलबाट ८ अंक जोड्दै बार्सिलोना तालिकाको सातौं स्थानमा उक्लिएको छ ।
उता १७औं स्थानमा रहेको ग्रानाडाले एक खेल बढी खेल्दै मात्र ३ अंक जोडेको छ ।
प्रतिक्रिया