खेलकूद

युवा क्रिकेटरको आशलाग्दो प्रदर्शन तर भएन स्थिरता (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ असोज ४ गते १८:५२
युवा क्रिकेटरको आशलाग्दो प्रदर्शन तर भएन स्थिरता (भिडियो रिपोर्टसहित)

४ असोज २०७८ काठमाडौं । आईसीसी विश्व क्रिकेट लिग टु अन्तर्गत ओमानमा भएको क्रिकोणात्मक एक दिवसिय श्रृंखलामा नेपालले २ जित र २ हारको मिश्रित नतिजा निकाल्यो ।

अधिकांश युवा खेलाडी टोलीमा राख्दै ओमान गएको नेपालका लागि यस सिरिजमा युवा खेलाडीले आशलाग्दो प्रदर्शन गरे । तर उनीहरुको प्रदर्शनमा स्थिरता भने भएन ।

ओमानमा अमेरिकालाई ५ विकेटले हराउँदै आईसीसी विश्व क्रिकेट लिग टु मा शान्दार सुरुवात गरेको नेपाल दोस्रो खेलमा ओमान र तेस्रो खेलमा अमेरिकासँगै पराजित हुँदा टोलीको निकै आलोचना भयो । तर अन्तिम तथा चौथो खेलमा ओमान विरुद्ध ७ विकेटको शान्दार जित निकाल्दै नेपालले सिरिजको समाप्ती गर्यो ।

ओमानविरुद्ध एकदिवसीय अन्तर्राष्ट्रिय इतिहासमै नेपालको यो पहिलो जित हो । र यससँगै खेलाडीले अघिल्ला खेलमा भएका कमि कमजोरी सुधार गर्दै आफुमाथि लागेको आलोचनाको जवाफ फर्काए। २ जितर २ हारको मिश्रित नतिजा निकालेको नेपालले ओमान भ्रमणबाट धेरै कुरा सिक्ने अवसर पाएको छ ।

लिग टुमा चौंथो जितसँगै नेपाल ८ अंकसहित तालिकाको चौथो स्थानमा उक्लिएको छ । ओमानमा भएका ४ खेलमा युवा खेलाडीको प्रदर्शन उत्कृष्ट रहेको कप्तान ज्ञानेन्द्र मल्लको दाबी छ । यसले पुस्ता हस्तान्तरणको प्रक्रियामा रहेको नेपाली टोलीलाई फाइदा पुग्ने छ ।

ओमानविरुद्धको दोस्रो खेलमा नेपालले ऐतिहासिक जितसँगै केहि कीर्तिमान पनि बनाउन सफल भयो । अंक तालिका सुधारका लागि जित्नै पर्ने खेलमा दबाबपूर्ण खेल जितेपछि प्लेयर अफ द म्याच बनेका करण केसी निकै उत्साहित देखिए ।

यो जित नेपालका विशेष त छ नै । सँगै टोलीका मुख्य प्रशिक्षक डेभ ह्वाटमोरको सुखद विदाई गर्न पाउँदा खेलाडीहरु पनि खुसी छन् । सिरिज लगतै टोलीको मुख्य प्रशिक्षक पदबाट राजिनामा दिने घोषणा यसअघि नै गरेका उनको नजरमा नेपालले क्रिकेटको भविष्य राम्रो छ ।

गत डिसेम्बरमा क्यानसँग एक वर्षको सम्झौता गरेका ६७ वर्षीय ह्वाटमोरले पारिवारिक कारण ८ महिना पनि नबित्दै टोलीबाट बाहिरिने निर्णय गरे । उनको प्रशिक्षणमा नेपालले नेदरल्यान्ड्स र मलेसिया सम्मलित त्रिकोणात्मक ट्वेन्टी ट्वेन्टी सिरिज र पपुवा न्युगिनीविरुद्धको एकदिवसीय सिरिज जितेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्