खेलकूद

आईपीएलमा चेन्नई सुपर किङ्स विजयी

हिमालय टिभी
२०७८ असोज ४ गते ९:१८
आईपीएलमा चेन्नई सुपर किङ्स विजयी

४ असोज २०७८ दुबई । इन्डियन प्रिमियर लीग क्रिकेट (आईपीएल) मा चेन्नई सुपर किङ्स विजयी भएको छ ।

गएराति दुबईमा भएको खेलमा चेन्नईले मुम्बई इन्डियन्सलाई २० रनले हराएको हो । चेन्नईले दिएको १ सय ५७ रनको लक्ष्य पछ्याएको मुम्बईले २० ओभरमा ८ विकेट गुमाएर १ सय ३६ रन मात्र बनाउन सक्यो । कोरोना भाइरसको कारण स्थगित आईपीएलको बाँकी खेल हिजोबाट शुरु भएको हो ।

यसैबीच इन्डियन प्रिमियर लीग क्रिकेट (आईपीएल) को टिम रोयल च्यालेन्जर्स बैंगलोरका कप्तान विराट कोहलीले पद छाड्ने घोषणा गर्नुभएको छ ।

भारतीय क्रिकेट टिमका कप्तान समेत रहनुभएका कोहलीले हिजो कप्तानी छाड्ने घोषणा गर्नुभएको ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्