खेलकूद

प्रिमियर लीगमा चेल्सी, म्यानचेष्टर युनाइटेड र ब्राइटन विजयी

हिमालय टिभी
२०७८ असोज ४ गते ८:०६
प्रिमियर लीगमा चेल्सी, म्यानचेष्टर युनाइटेड र ब्राइटन विजयी

४ असोज २०७८ काठमाडौं । इंग्लिस प्रिमियर लीग फुटबलमा चेल्सी, म्यानचेष्टर युनाइटेड र ब्राइटन विजयी भएका छन् ।

प्रिमियर लीगअन्तर्गत गएराति चेल्सीले टोटेनह्याममाथि ३–० को शानदार जित निकालेको हो । अवे मैदानमा चेल्सीले ४९औं मिनेटमा थिएगो सिल्वाको गोलसँगै अग्रता लिएको थियो ।

त्यसपछि चेल्सीका लागि ५७औं मिनेटमा एनगोलो कान्टे र इञ्जुरी समयमा एन्टोनियो रुड्रीगेरले गोल थपेका थिए । जितसँगै ५ खेलबाट १३ अंक जोड्दै चेल्सी तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । उता समान ५ खेलबाट ९ अंक रहेको टोटेनह्याम सातौं स्थानमा छ ।

प्रिमियर लीगकै अर्को खेलमा म्यानचेष्टर युनाइटेडले वेष्ट ह्याम युनाइटेडलाई २–१ गोलले हरायो । घरेलु मैदानमा वेष्ट ह्यामका लागि ३०औं मिनेटमा सेड बेन रहमाले शुरुवाती गोल गरेका थिए । तर त्यसपछि युनाइटेडले लगातार दुई गोल थपेको थियो ।

उसका लागि ३५औं मिनेटमा क्रिष्टियानो रोनाल्डो र ८९औं मिनेटमा जेसी लिंगार्डले गोल गरे । ५ खेलबाट समान १३ अंक नै जोडेको युनाइटेड तालिकाको तेस्रो स्थानमा छ ।

उता समान ५ खेलबाट ८ अंकसहित वेष्ट ह्याम तालिकाको आठौं स्थानमा छ । यस्तै अर्को खेलमा ब्राइटनले लेष्टर सिटीलाई २१ ले नै पराजित गरेको छ । जितसँगै १२ अंक जोडेको ब्राइटन चौथो स्थानमा उक्लिंदा लेष्टर १२औं स्थानमा छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्