खेलकूद

आईपीएल आजबाट शुरु हुँदै, चेन्नई र मुम्बई भिड्ने

हिमालय टिभी
२०७८ असोज ३ गते ९:०५
आईपीएल आजबाट शुरु हुँदै, चेन्नई र मुम्बई भिड्ने

३ असोज २०७८ काठमाडौं । इन्डियन प्रिमियर लीग क्रिकेट (आईपीएल) टी–ट्वान्टी क्रिकेटका बाँकी खेलहरु आजबाट युएईमा शुरु हुँदैछ ।

कोरोना भाइरसको महामारीका कारण स्थगित आईपीएलको बाँकी खेल युएईमा आजबाट शुरु हुन लागेको हो । आज चेन्नई सुपर किङ्स र मुम्बई इन्डियन्सबीच प्रतिस्पर्धा हुनेछ ।

चेन्नई र मुम्बईबीचको खेल नेपाली समय अनुसार साँझ ७ः४५ बजे शुरु हुनेछ । चेन्नई ७ खेलमा १० अङ्क जोडेर लीगको दोस्रो स्थानमा रहेको छ भने मुम्बई ७ खेलमा ८ अङ्क जोडेर चौंथो स्थानमा रहेको छ ।

लीगको शीर्ष स्थानमा ८ खेलमा १२ अङ्क जोडेर दिल्ली क्यापिटल्स रहेको छ । आईपीएलमा अब ३१ खेल बाँकी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्