खेलकूद

लिभरपुल प्रिमियर लीग फुटबलको शीर्ष स्थानमा

हिमालय टिभी
२०७८ असोज ३ गते ८:२६
लिभरपुल प्रिमियर लीग फुटबलको शीर्ष स्थानमा

३ असोज २०७८ काठमाडौं । इंग्लिस प्रिमियर लीग फुटबलमा लिभरपुल शीर्ष स्थानमा उक्लिएको छ ।

प्रिमियर लीगमा गएराति क्रिष्टल प्यालेसमाथि ३–० गोल सहज जित निकाल्दै लिभरपुलले शीर्ष स्थान कब्जा गरेको हो । घरेलु मैदानमा लिभरपुलको जितमा साडियो माने, मोहमेद सलाह र नेबी केइटाले एकएक गोल गरे ।

मानेले ४३ औं मिनेटमा गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए । उनको यो लिभरपुलका लागि एक सयौं गोल समेत हो । त्यसपछि लिभरपुलका लागि सलाहले ७८औं र केइटाले मिनेटमा ८९ औं मिनेटमा गोल गरेका थिए ।

लिभरपुलले ५ खेलबाट १३ अंक जोडेको छ । लीग अन्तर्गत नै वाटफोर्डले नर्विच सिटीलाई ३–१, एष्टन भिल्लाले एभर्टनलाई ३–० र वेन्टफोर्डले उल्फ्सलाई २० ले हराउँदा म्यानचेष्टर सिटी र साउथह्याम्टन गोलरहित बराबरीमा रोकिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्