खेलकूद

त्रिकोणात्मक एक दिवसीय क्रिकेटमा आज नेपालले घरेलु टोलीसँग प्रतिस्पर्धा गर्दै

हिमालय टिभी
२०७८ असोज ३ गते ८:२१
त्रिकोणात्मक एक दिवसीय क्रिकेटमा आज नेपालले घरेलु टोलीसँग प्रतिस्पर्धा गर्दै

३ असोज २०७८ काठमाडौं । ओमानमा जारी आईसीसी विश्वकप क्रिकेट लीग–टु अन्तर्गतको त्रिकोणात्मक एक दिवसीय श्रृंखलामा आज नेपालले घरेलु टोलीसँग प्रतिस्पर्धा गर्दैछ ।

त्रिकोणात्मक एक दिवसीय श्रृंखलामा आज नेपाल र ओमान भिड्न लागेका हुन् । अल अमिरात क्रिकेट मैदानमा हुने खेल नेपाली समय अनुसार दिउँसो सवा चार बजे शुरु हुनेछ ।

आज नेपालको लक्ष्य ओमानसँग हारको बदला लिने हुनेछ भने घरेलु टोली भने नेपालमाथि लगातार दोस्रो जित निकाल्ने दाउमा छ ।

त्रिकोणात्मक एक दिवसीय श्रृंखलामा नेपालले पहिलो खेलमा अमेरिकालाई ५ विकेटले हराउँदा दोस्रो खेलमा ओमानसँग ५ विकेटले पराजित भएको थियो ।

यस्तै तेस्रो खेलमा अमेरिकासँग ६ विकेटको हार व्यहोरेको थियो । ७ खेलबाट ३ खेल मात्र जितेको नेपाल ६ अंकसहित तालिकाको सातौं स्थानमा छ ।

उता १२ खेलबाट २० अंक जोडेको ओमान शीर्ष र १५ खेलबाट १४ अंक जोड्दै अमेरिका दोस्रो स्थानमा छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्