समाज

फूलबारी बसपार्क हस्तान्तरणमा अवरोध (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ असोज २ गते २०:३३
फूलबारी बसपार्क हस्तान्तरणमा अवरोध (भिडियो रिपोर्टसहित)

२ असोज २०७८ धनगढी । धनगढी उपमहानगरपालिका वडा नम्बर १९ मा निर्माण सम्पन भई हस्तान्तरणको अवस्थामा रहेको फूलबारी बसपार्क हस्तान्तरणमा स्थानीयले अवरोध गरेका छन् ।

बसपार्क निर्माणमा कमसल सामाग्री प्रयोग गरिएको, ढलको निकास नबाएको जस्ता आरोप स्थानीयका छन् । जसका कारण धनगढी उपमहानगरपालिकालाई हस्तान्तरणको योजना अवरुद्ध भएको छ ।

संघीय शहरी विकास तथा भवन निर्माण आयोजना कार्यालय धनगढी र देभ एण्ड मसिना सायर जेभि प्रालि बीच २०७४ असारमा २ वर्षभित्र निर्माण सम्पन गर्ने गरी सम्झौता भए पनि बसपार्क निर्माणको काम २ पटक म्याद थप गरी भर्खरै सम्पन भएको हो । निर्माण सम्पन भएपछि धनगढी उपमहानगरपालिकालाई हस्तान्तरण गर्ने समयमा स्थानीयले विरोध गरेका छन् ।

३ करोड १० लाख खर्च गरी निर्माण सम्पन भएको फूलवारी बसपार्कमा टिकट काउन्टर भवन, भ्युटावर तथा ४० भन्दा बढी बस अट्ने पार्किङ क्षेत्र निर्माण गरिएको छ । तर बसपार्क निर्माणसम्बन्धी धेरै कुरा गुपचुप राखिएको स्थानीयको आरोप छ ।

संघीय शहरी विकास तथा भवन निर्माण आयोजना कार्यालय धनगढीका आयोजना प्रमुख प्रवीण शाहले भने बसपार्क निर्माणमा भएका कमीकमजोरीलाई सुधार गरेर अघ बढ्न सकिने बताउनुभयो ।

बसपार्क निर्माण भएपछि सडक क्षेउछाउमा सवारी पाकिङ गनुपर्ने बाध्यताको अन्त्य हुने अपेक्षा गरेका स्थानीय र सवारी चालकहरु भने यतिबेला बसपार्क संञ्चालनमा नआउँदै विवाद भएपछि चिन्तित बनेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *