विदेश

अमेरिका, बेलायत र अस्ट्रेलियाबीचको परमाणु सम्झौताप्रति फ्रान्सको आपत्ति, राजदूतलाई फिर्ता बोलाउने निर्णय

हिमालय टिभी
२०७८ असोज २ गते २०:२७
अमेरिका, बेलायत र अस्ट्रेलियाबीचको परमाणु सम्झौताप्रति फ्रान्सको आपत्ति, राजदूतलाई फिर्ता बोलाउने निर्णय

२ असोज २०७८ पेरिस । अमेरिका, बेलायत र अस्ट्रेलियाबीच भएको परमाणु पनडुब्बी सम्झौताको फ्रान्सले आलोचना गरेको छ ।

आफ्नो देशसँग भएको सम्झौतालाई तोडेर तीन देशले नयाँ सम्झौता गरेकोमा आपत्ति जनाउँदै फ्रान्सले अस्ट्रेलिया र अमेरिकामा रहेका राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको छ ।

यसअघि परमाणु पनडुब्बी निर्माणको लागि फ्रान्सले अस्ट्रेलियासँग सम्झौता गरेको थियो ।

गत बुधवार अस्ट्रेलियाले फ्रान्ससँगको सम्झौता तोडेर अमेरिका र बेलायतसँग नयाँ सम्झौता गरेपछि तीन देशबीच भएको सम्झौताले आफ्नो देशको अपमान भएको र अर्बौं डलरको सम्झौता तोडिएको भन्दै अस्ट्रेलिया र अमेरिकाका राजदूत फिर्ता बोलाइएको फ्रान्सका विदेशमन्त्री जिन इभसले द्रियानले बताउनुभएको छ ।

तीन देशबीचको यो सम्झौतालाई फ्रान्सले अस्वीकार गर्दै युरोपमा रहेको इन्डो प्यासिफिक क्षेत्रको महत्वलाई कमजोर पार्ने षड्यन्त्रका रुपमा लिएको प्रतिक्रिया दिएको छ । राजदूत फिर्ता बोलाउने फ्रान्सको निर्णयलाई लिएर अमेरिकी राष्ट्रपति जो बाइडेनले दुःख ब्यक्त गर्दै फ्रान्सको यो कदमले मतभेद झनै बढाउने बताउनुभएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *