खेलकूद

एसिया कप छनोटमा नेपाली महिला फूटबल टोली फिलिपिन्ससँग पराजित

हिमालय टिभी
२०७८ असोज २ गते १९:०८
एसिया कप छनोटमा नेपाली महिला फूटबल टोली फिलिपिन्ससँग पराजित

२ असोज २०७८ काठमाडौं । अतिरिक्त समयमा सम्हालिन नसक्दा नेपाली राष्ट्रिय महिला फुटबल टोली एसिया कप छनोटको पहिलो खेलमा पराजित भएको छ ।

उज्वेकिस्तानमा भएको समूह एफको पहिलो खेलमा नेपालले फिलिपिन्ससँग २–१ गोलले पराजित भएको हो । खेलको सुरुवातमै अग्रता लिए पनि नेपालले अन्तिम समयमा अग्रता जोगाउन सकेन् ।

१० औं मिनेटमा विमला चौधरीले गोल गर्दै नेपाललाई अग्रता दिलाइन् । पहिलो हाफमा १–० को अग्रता लिएको नेपालले दोस्रो हाफमा लय गुमायो । दोस्रो हाफमा नेपालमाथि लगातार आक्रमण गरेको फिलिपिन्सले अन्तिम समयमा लगातार दुई गोल गर्यो ।

९० औं मिनेटमा तहनाई एन्नीसले फिलिपिन्सलाई बराबरीमा फर्काइन् । त्यसको दुई मिनेटपछिनै कामिली वेल्सनले दोस्रो गोल गर्दा जित नजिक पुगेको नेपालले ३ अंक गुमाउन बाध्य भयो ।

जितसँग फिलिपिन्स ३ अंक जोड्दै तालिकाको शीर्षस्थानमा छ । यसअघि फिलिपिन्ससँग सन् १९९९ मा भएको खेलमा नेपाल ५–० गोलले पराजित भएको थियो ।

छनोटमा नेपालले गलबार हङकङसँग खेल्नेछ । समुहको विजेता अर्को वर्ष भारतम हुने महिला एसिया कपका लागि छनोट हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्