खेलकूद

ए डिभिजन लीग फुटसलमा राइजिङ क्लब र स्पोर्टस् क्यासलको विजयी शुरुवात

हिमालय टिभी
२०७८ असोज २ गते १८:५६
ए डिभिजन लीग फुटसलमा राइजिङ क्लब र स्पोर्टस् क्यासलको विजयी शुरुवात

२ असोज २०७८ पोखरा । द राइजिङ क्लब धरान र स्पोर्टस् क्यासल पोखराले आजदेखि सुरु भएको राष्ट्रिय ए डिभिजन फुटसल लिगमा विजयी शुरुवात गरेका छन् ।

पोखराको बहुदेशीय कभर्डहलमा आज भएको उद्घाटन खेलमा राइजिङ क्लबले स्काई गोल्स् काठमाडौंलाई ५–४ गोलले हराउँदै विजयी सुरुवात गर्‍यो ।

राइजिङका लागि रेवोस मास्केले २ तथा मिलन लिम्बु, दोर्जे तामाङ र सुदिप गुरुङले १–१ गोल गरे । स्काई गोल्स्को तर्फबाट श्री कृष्ण श्रेष्ठले ह्याट्रिक गर्दा आशिश सुनामले एक गोल गरे ।

स्काई गोल्स्का श्री कृष्णले खेलको १३ औं मिनेटमा गोल गर्दै पहिलो ए डिभिजन लिगको पहिलो गोलकर्ता र पहिलो ह्याट्रिकर्ता समेत बने । पहिलो हाफमा स्काई गोल्स्ले १–० ले अग्रता लिएपनि दोस्रो हाफमा दुवै टोलीले समान राइजिङले ५ गोल गर्दा स्काई गोल्स्ले ३ गोल फर्कायो ।

आजै भएको दोस्रो खेलमा स्पोर्टस् क्यासल पोखराले प्रभातफेरी युथ क्लबलाई ७–० गोलले हराएको छ । १० क्लबको सहभागीता रहेको लिगको विजेताले १० लाख र उपविजेताले ५ लाख पाउनेछन् । त्यस्तै विधागत उत्कृष्टले २५(२५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्