राजनीति

एमसीसीका कारण सत्ता गठबन्धन टुट्ने हल्लामा सत्यता छैनः प्रचण्ड (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ असोज २ गते १८:२२
एमसीसीका कारण सत्ता गठबन्धन टुट्ने हल्लामा सत्यता छैनः प्रचण्ड (भिडियो रिपोर्टसहित)

२ असोज २०७८ काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमसीसीको कारण वर्तमान सत्ता गठबन्धन टुट्ने फुटने हल्लामा सत्यता नभएको बताउनुभएको छ ।

माओवादी केन्द्र प्रदेश २ को जनकपुरधाममा भएको प्रशिक्षण कार्यक्रम समापनपछिको पत्रकार सम्मेलनमा प्रचण्डले एमसीसीभन्दा पाँच दलीय गठबन्धन महत्वपूर्ण रहेको बताउनुभयो ।

आफूहरु एमसीसीविरुद्ध नरहेको भन्दै उहाँले परिमार्जनसहित सर्वदलीय संयन्त्रबाट एमसीसी पास गर्नुपर्नेमा जोड दिनुभयो ।

अर्को प्रसंगमा प्रचण्डले जनता समाजवादी पार्टी र नेकपा (एकीकृत समाजवादी) पार्टीका कारणले मन्त्रिपरिषद विस्तार नअड्किएको प्रष्टीकरण दिनुभयो । उहाँले असोज ४(५ गतेभित्र सरकारले पूर्णता पाउने दाबी गर्नुभयो ।

अध्यक्ष प्रचण्डले मधेसी, आदिवासी तथा जनजाति एवं थारुको माग सम्बोधनका लागि संविधान संशोधन हुनुपर्ने पक्षमा आफू शुरुदेखि नै रहेको र अहिले पनि संशोधनको पक्षमा अडिग रहेको बताउनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्