खेलकूद

त्रिकोणात्मक एक दिवसीय सिरिजमा आज नेपाल र अमेरिका भिड्दै

हिमालय टिभी
२०७८ असोज १ गते ७:२८
त्रिकोणात्मक एक दिवसीय सिरिजमा आज नेपाल र अमेरिका भिड्दै

१ असोज २०७८ काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजमा नेपालले आज अमेरिकासँग प्रतिस्पर्धा गर्दैछ ।

नेपालले अल अमिरात क्रिकेट मैदानमा अमेरिकासँग प्रतिस्पर्धा गर्नेछ । नेपाल र अमेरिकाबीचको खेल दिउँसो सवा चार बजे शुरु हुनेछ । अमेरिकाविरुद्ध मैदान उत्रँदा नेपाल दोस्रो जितको खोजीमा हुनेछ ।

पहिलो भेटमा अमेरिकालाई हराएको नेपाल उच्च मनोबलका साथ आज मैदानमा उत्रदै छ । सोमबार भएको खेलमा नेपालले अमेरिकालाई ५ विकेटले पराजित गरेको थियो ।

आज नेपाल अमेरिकाविरुद्ध लगातार दोस्रो जित निकाल्ने योजनामा छ । अमेरिका पनि नेपालविरुद्ध बदला लिने योजनामा छ । पहिलो खेलमा अमेरिकालाई हराएको नेपालले दोस्रो खेलमा भने घरेलु टिम ओमानविरुद्ध ५ विकेटले पराजित भएको थियो ।

यस्तै अमेरिकाले हिजो भएको खेलमा ओमानसँग ४ विकेटको हार व्यहोरेको थियो । लिग–२ मा नेपाल ६ खेलमा ६ अंक जोडेर छैटौं स्थानमा रहेको छ ।

अमेरिका १४ खेलमा १२ अंक जोडेर दोस्रो स्थानमा रहेको छ । ओमान १२ खेलमा २० अंक जोडेर शीर्ष स्थानमा रहेको छ । सात टोली रहेको लिग२ मा एक टोलीले ९ सिरिजसहित कुल ३६ खेल खेल्ने छन् ।

लिग(२ को शीर्ष तीन राष्ट्रले २०२३ को जुलाईमा जिम्बावेमा हुने विश्वकप छनोटमा स्थान बनाउने छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्