अफगानिस्तानको महिला फुटबल टोली पाकिस्तानमा
३१ भदौ २०७८ इस्लामावाद । अफगानिस्तानको राष्ट्रिय महिला फुटबल टोलीका सदस्य पाकिस्तान पुगेका छन् ।
तालिबानको शासनमा महिला अधिकारमाथि गम्भीर अंकुश लाग्ने आशंकाका बीच टोली पाकिस्तान पुगेको हो ।
पाकिस्तान पुग्ने टोली अण्डर फोर्टिन, अण्डर सिक्सटिन र अण्डर एट्टिन खेल खेलेको हो । पाकिस्तानका सूचना मन्त्री फवाद चौधरीले खेलाडीहरु उत्तर पश्चिमी तोर्खाम सीमाबाट प्रवेश गरेको बताए ।
तालिबानले काबुल कब्जा गरेयता उनीहरु लुकेर बसेका थिए । गएको महिना नै काबुलबाट बाहिरिएका उनीहरुसँग पासपोर्टसहितका अन्य अत्यावश्यक कागजात नभएको बताइएको थियो ।
तर फुटबल फर पिस ले पाकिस्तानसँग खेलाडीको सुरक्षालाई लिएर पहल गरेको थियो । त्यसपछि ३२ अफगान खेलाडी र उनीहरुका परिवारका सदस्यले भिसा पाएका थिए ।
पाकिस्तान फुटबल फेडेरेशनका एक अधिकारीले ८१ जनालाई लाहोरमा रहेको फेडेरेशनमा राखिने बताए । थप ३४ जना आज पाकिस्तान पुग्ने जनाइएको छ ।
कडा सुरक्षामा रहेका उनीहरु पाकिस्तान करिब एक महिना रहने छन् । त्यसपछि उनीहरुले तेस्रो देशमा शरणका लागि आवेदन दिने बताइएको छ ।
प्रतिक्रिया