खेलकूद

च्याम्पियन्स लीगमा म्यानचेष्टर सिटी, लिभरपुल र रियल मड्रिड विजयी

हिमालय टिभी
२०७८ भदौ ३१ गते ८:३९
च्याम्पियन्स लीगमा म्यानचेष्टर सिटी, लिभरपुल र रियल मड्रिड विजयी

३१ भदौ २०७८ काठमाडौं । च्याम्पियन्स लीग फुटबलमा म्यानचेष्टर सिटी, लिभरपुल र रियल मड्रिड विजयी भएका छन् ।

समूह ए को खेलमा सिटीले आरबी लाइप्जिगमाथि ६–३ को जित निकाल्यो । घरेलु मैदानमा सिटीका लागि नाथन एकी, रियाद महरेज, ज्याक ग्रिलिस, जाओ कान्सेलो र गेबरियलल जिससले गोल गरेका थिए ।

एक गोल उसले आत्मघातीको रुपमा पाएको थियो । उता लाइप्जिगका लागि क्रिष्टोफर एनकुनकुले ह्याट्रिक गरे ।

यही समूहको अर्को खेलमा पेरिस सेन्ट जर्मेन र क्लब ब्रुगेसले १–१ को बराबरी खेले ।

त्यस्तै समूह बीमा लिभरपुलले एसी मिलानलाइ ३२ हराउँदा एट्लेटिको मड्रिड र पोर्टो गोलरहित बराबरीमा रोकिए । उता समूह डी को खेलमा रियल मड्रिडले इन्टर मिलानलाई १–० ले हरायो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्