ईपीएलमा श्रीलंकन ब्याट्सम्यान फर्नान्डोले पनि खेल्ने

३० भदौ २०७८ काठमाडौं । अर्को महिना हुने एभरेष्ट प्रिमियर लीग (ईपी)एल क्रिकेटमा श्रीलंकन ब्याट्सम्यान ओशाडा फर्नान्डोले पनि खेल्ने भएका छन् ।
चौंथो संस्करणको ईपीएलका लागि फर्नान्डोलाई साविक विजेता ललितपुर प्याट्रियट्सले अनुबन्ध गरेको हो । सन् २०१९ मा दक्षिण अफ्रिकाविरुद्ध टेष्टमा डेब्यू गरेका उनले त्यही वर्ष पाकिस्तानसँग भएको सिरिजबाट पहिलो पटक ट्वेन्टी–ट्वेन्टी खेलेका थिए ।
अहिलेसम्म ७ ट्वेन्टी–ट्वेन्टी अन्तर्राष्ट्रिय खेल खेलेका उनले कुल १ सय २८ रन जोडेका छन् । २९ वर्षिय फर्नान्डो ललितपुरका चौथो विदेशी खेलाडी हुन् ।
यसअघि ललितपुरले अफगानिस्तानका अलराउण्डर आजमतुल्लाह ओमरजाई, भूटानका ब्याट्सम्यान रानजुङ्ग मिक्यो दोर्जी र इङ्ल्याण्डका एलेक्स ब्लाकेलाई टोलीमा भित्र्याइसकेको छ ।
६ शहरका फ्रेन्चाइज टोलीको सहभागिता रहने ईपीएल असोज ९ गतेदेखि असोज २३ गतेसम्म त्रिवि क्रिकेट मैदान कीर्तिमापुरमा हुनेछ । ईपीएल क्रिकेटको प्रत्यक्ष प्रशारण हिमालय टेलिभिजन एचडीबाट हुने छ ।
प्रतिक्रिया