आर्थिक

आज रातिदेखि सरकारी खर्च रोकिने, अर्थतन्त्रमा कस्तो पर्छ असर ?

हिमालय टिभी
२०७८ भदौ ३० गते ९:०३
आज रातिदेखि सरकारी खर्च रोकिने, अर्थतन्त्रमा कस्तो पर्छ असर ?

३० भदौ २०७८ काठमाडौं । प्रतिस्थापन विधेयक समयमै पारित नहुँदा आज रातिदेखि सरकारी खर्च रोकिने भएको छ ।

संसद सुचारु हुँदा ६० दिनभित्र बजेट अध्यादेशलाई प्रतिस्थापन गर्ने विधेयक संसदबाट पारित गर्नुपर्ने व्यवस्था छ । अघिल्लो सरकारले १५ जेठमा ल्याएको बजेट अध्यादेश ३ साउनमा संसदमा पेश भएको थियो ।

बजेट अध्यादेशलाई प्रतिस्थापन गर्ने विधेयक संसदबाट पारित गर्नुपर्ने व्यवस्थाअनुसार आज रातिदेखि विद्येयक पारित गर्ने समयावधि सकिँदैछ । तर संसद बैठक असोज ४ गतेसम्मका लागि स्थगित भएको छ ।

समयमै विधेयक पारित हुन नसकेपछि सरकारी खर्च रोकिए पनि कर भने उठ्ने अर्थमन्त्री जनार्दन शर्माले जानकारी दिनुभयो ।

हिजो संसद बैठकपछि पत्रकारहरुसँग कुराकानी गर्दै अर्थमन्त्री शर्माले प्रतिस्थापन विधेयक पारित नहुँदा केही दिन सरकारी खर्च रोकिन सक्ने तर ठूलो असर नपर्ने बताउनुभयो ।

प्रधानमन्त्री शेरबहादुर देउवाले भने बजेट प्रतिस्थापन विधेयक संसद्मा पारित नहुँदा आउने कानुनी जटिलताले सरकारी खर्च गर्न नरोकिने बताउनुभएको छ ।

हिजो संसद् भवनबाट बाहिरिँदै गर्दा प्रधानमन्त्री देउवाले पत्रकारहरुसंग संक्षिप्त प्रतिक्रिया व्यक्त गर्दै हिजो जसरी खर्च भएको थियो त्यसैगरी हुने बताउनुभयो । तर हिजो बसेको प्रतिनिधिसभा बैठकले विनियोजन विधेयक २०७८ लाई विचार गरियोस् भन्ने प्रस्तावबहुमतले स्वीकृत गरेको छ ।

सभामुख अग्निप्रसाद सापकोटाले विनियोजन विधेयक २०७८ लाई विचार गरियोस् भन्ने प्रस्तावप्रतिनिधि सभा बैठकको बहुमतले स्वीकृत गरेको घोषणा गर्नु भएको होे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *