आर्थिक

अध्यादेश प्रतिस्थापन विधेयक पारित भएपछि केही दिन सरकारी खर्च रोकिने (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ भदौ २९ गते १५:०६
अध्यादेश प्रतिस्थापन विधेयक पारित भएपछि केही दिन सरकारी खर्च रोकिने (भिडियो रिपोर्टसहित)

२९ भदौ २०७८ काठमाडौं । अध्यादेश प्रतिस्थापन विधेयक समयमै पारित नहुने भएपछि सरकारी खर्च केही दिन रोकिने भएको छ ।

अघिल्लो सरकारले ल्याएको अध्यादेशको प्रतिस्थापन विधेयक पारित नहुँदै संसद बैठक एक साताका लागि स्थगित गरिएपछि केही दिन खर्च रोकिने भएको हो ।

सरकारले नियमित प्रक्रियाबाटै बजेट पारित गर्ने नीति लिएपछि सरकारी कोषबाट केही दिन खर्च रोकिने भएको हो । अघिल्लो सरकारले गत जेठ १५ गते ल्याएको अध्यादेशको प्रतिस्थापन विधेयक पारित नहुँदै संसद बैठक असोज ४ गतेसम्मका लागि स्थगित गरिएको छ ।

प्रतिस्थापन विधेयक भदौ ३० गतेसम्म पारित नभएपछि स्वतः निष्क्रिय हुनेछ । प्रतिनिधिसभाको बैठकपछि पत्रकारसँग अर्थमन्त्री जनार्दन शर्माले प्रतिस्थापन विधेयक पारित नभएकाले विशेष व्यवस्थामार्फत कर उठाउने तर खर्च भने ५–७ दिन रोकिन सक्ने बताउनुभयो ।

पेश्की खर्च गर्नसक्ने विकल्प भने प्रयोग नगर्ने उहाँले स्पष्ट पर्नुभयो । विधेयक पारित भएपछि नियमित रुपमा काम अघि बढ्ने अर्थमन्त्री शर्माको भनाइ छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *