खेलकूद
इंग्लिस प्रिमियर लीग फुटबलमा एभर्टन विजयी
२०७८ भदौ २९ गते ९:०४
२९ भदौ २०७८ काठमाडौं । इंग्लिस प्रिमियर लीग फूटबलमा एभर्टन विजयी भएको छ ।
प्रिमियर लीग अन्तर्गत सम्पन्न पछिल्लो खेलमा एभर्टनले बर्नलीलाई ३१ गोलले हराएको हो । एभर्टनको घरेलु मैदान गुडसिन पार्कमा बर्नलीले ५३औं मिनेटमा बेन मिको गोलबाट अग्रता लिएको थियो ।
तर त्यसपछि एभर्टनले लगातार तीन गोल थपेको थियो । उसका लागि ६०औं मिनेटमा माइकेन केन, ६५औं मिनेटमा एन्ड्रोस टाउनसेन्ड्स र ६६औं मिनेटमा डेमिराई ग्रेले गोल थपेका थिए ।
एभर्टन ४ खेलबाट १० अंकसहित चौथो स्थानमा छ । उता शीर्ष स्थानमा रहेका म्यानचेष्टर युनाइटेड, दोस्रो स्थानको चेल्सी र तेस्रो स्थानको लिभरपुलको पनि समान चार खेलबाट १० अंक नै छ ।
४ खेलबाट अझै जितविहिन बर्नली तालिकाको पुछारमा छ ।
प्रतिक्रिया