खेलकूद

उज्वेकिस्तान जाने नेपाली महिला राष्ट्रिय फुटबल टोलीको बिदाइ (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ भदौ २८ गते १९:२६
उज्वेकिस्तान जाने नेपाली महिला राष्ट्रिय फुटबल टोलीको बिदाइ (भिडियो रिपोर्टसहित)

२८ भदौ २०७८ काठमाडौं । महिला एसिया कप छनोट खेल्न आज राति उज्वेकिस्तान जाने नेपाली महिला राष्ट्रिय फुटबल टोलीलाई आज बिदाइ गरिएको छ ।

नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ र अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष लगायत पदाधिकारीहरुले खेलाडीलाई बिदाइ गरेका हुन् ।

छनोट प्रतियोगिताका लागि दुई महिना अगाडीदेखि टोलीले तयारी गरेको थियो । यस पटक टोलीमा नयाँ र अनुभवी खेलाडीको मिश्रण छ । यसबीचमा खेलिएको मैत्रीपूर्ण खेलले तयारी राम्रो भएको खेलाडीहरुले बताए ।

छनोट प्रतियोगिताका लागि प्रशिक्षक ग्यारी फिलिप्सले घोषणा गरेको अन्तिम टोलीले बंगलादेशसँग दुई मैत्रीपूर्ण खेल खेलेको थियो । जसमा नेपालले एक जित र एक बराबरी खेलेको थियो । बंगलादेशसँगको अभ्यास खेलमा धेरै प्रयोग गरेको र यसले छनोट प्रतियागितामा राम्रो हुने प्रशिक्षक फिलिप्सको विश्वास छ ।

यस पटक टोलीका नियमित सदस्य साबित्रा भण्डारी र पुनम जर्घा मगर टोलीमा छैनन् । साबित्रा हाल कतारमा उपचार गराईरहेका छन् भने पुनमको स्वास्थ्य अवस्था ठिक नभएकोले टोली बाहिर छन् ।

छनोटमा नेपाल रहेको समुह एफमा घरेलु टोली फिलिपिन्स र हङकङ छन् । पहिलो खेलमा नेपालले फिलिपिन्ससँग असोज २ गते र हङकङसँग असोज ५ गते खेल्ने छ ।

समूहको शीर्ष टोलीले अर्को वर्ष भारतमा हुने एसिया कपका लागि छनोट हुनेछ । शुरुमा यो छनोट खेल नेपालमा हुने भनिए पनि एशियाली फुटबल महासंघ एएफसीले पछि उज्वेकिस्तानमा गर्ने निर्णय गरेको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्