आर्थिक

असोज अन्तिम सातासम्म ७० हजार मेट्रिक टन मल नेपाल भित्रने (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ भदौ २८ गते १८:३८
असोज अन्तिम सातासम्म ७० हजार मेट्रिक टन मल नेपाल भित्रने (भिडियो रिपोर्टसहित)

२८ भदौ २०७८ काठमाडौं । आगामी असोज अन्तिम सातासम्म ७० हजार मेट्रिक टन मल नेपाल भित्रने भएको छ ।

प्रतिनिधिसभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सचिव डाक्टर कृष्णप्रसाद आचार्यले चीन र भारतबाट ७० हजार मेट्रिक टन रासायनिक मल असोजिभत्र आईसक्ने जानकारी दिनुभयो ।

सचिव आचार्यले रासायनिक मलको मूल्य धेरै बढिरहेकाले सरकारले निकासा गरेको बजेटअनुसार आवश्यक मल खरिद गर्न नसकिने बताउनुभयो ।

भारतसँग भएको खरिदसम्बन्धी सम्झौता अनुसार मल आयात भए समस्या समाधान हुने बताउनुभयो ।

बैठकमा सांसदहरुले सार्वजनिक खरिद ऐनले अफ्ठ्यारो श्रृजना गरेको भन्दै खरिद प्रक्रियामा सहजीकरण गर्न माग गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *