समाज

आर्थिक अभाव देखाएर ६ वर्षदेखि स्वास्थ्य चौकी भवन निर्माण अलपत्र (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ भदौ २८ गते १६:३१
आर्थिक अभाव देखाएर ६ वर्षदेखि स्वास्थ्य चौकी भवन निर्माण अलपत्र (भिडियो रिपोर्टसहित)

२८ भदौ २०७८ पाल्पा । पाल्पामा २०७२ सालमा निर्माण थालिएको स्वास्थ्य चौकीको भवन बीचमै अलपत्र परेको छ । सरकारको ५१ लाख लगानीमा निर्माण शुरु गरिएको स्वास्थ्य चौकीको भवन आर्थिक अभाव देखाएर अलपत्र पारेपछि स्वास्थ्य सेवा प्रवाहमा समस्या उत्पन्न भएको छ ।

पाल्पाको रैनादेवी छहरा गाउँपालिका वडा नम्बर(५ को मुझुङमा विक्रम सम्वत २०७२ सालमा स्वास्थ्य चौकी भवन निर्माण थालिएको हो । तत्कालीन शान्ति तथा पुनर्निर्माण मन्त्रालयको बजेटमार्फत् डीबी कष्न्ट्रन्सनले क्रमागत बजेटमा काम थालेको थियो । पहिलो वर्ष काम भए पनि त्यसपछि थप काम नहुँदा स्वास्थ्य चौकी भवन अधुरै छ ।

शान्ति मन्त्रालय विघटन भएसँगै त्यसअन्तर्गत सञ्चालित यो आयोजना पनि अन्योलमा पर्‍यो । लाखौँ खर्च भइसकेको भवन अधुरै रहँदा यहाँका बिरामी र स्वास्थ्यकर्मीलाई स्वास्थ्य सेवा लिन र दिन समस्या भएको छ । गर्मी घामले पोल्ने र वर्षायाममा पानी चुहिने एउटा सामान्य कोठाबाट अहिले सेवा प्रवाह भइरहेको छ ।

स्थानीय सरकारले भने स्वास्थ्य चौकीको अधुरो भवन अब निर्माण पूरा गर्ने आश्वासन दिएको छ ।

वर्षौँअघिको आयोजना यसरी अलपत्र हुँदा जनताको करबाट उठेको लाखौँ रकम खेर गएको त छ नै जनताले समयमै पाउनु पर्ने आधारभूत स्वास्थ्य सेवा प्रवाह गर्न कठिन भएको छ ।

राज्यकोशको लाखौँ रकम खर्च भइसकेको आयोजनालाई कुन निकायसँग समन्वय गरेर सम्पन्न गराउने भन्ने कुरामा सरकारले चासो नदिँदा यस्ता थुप्रै आयोजनाहरु अधुरा रहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *