समाज

बीपी काेइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राेकिएन आन्दाेलन (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ भदौ २७ गते २०:५२
बीपी काेइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राेकिएन आन्दाेलन (भिडियो रिपोर्टसहित)

२७ भदौ २०७८ सुनसरी । सुनसरीको धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शुद्धीकरण अभियानअन्तर्गत आन्दोलन जारी छ । सरकारले आन्दोलनरत पक्षको अधिकांश माग सम्बोधन गरे पनि, आन्दोलन रोक्ने पक्षमा छैन ।

तीन महिनादेखि, विपी स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानका चिकित्सक नर्स विभिन्न माग राख्दै आन्दोलित छन् । आन्दोलनरत पक्षले भदौ २० गतेदेखि प्रतिष्ठानको इर्मजेन्सि पुर्वनिर्धारिक परीक्षा, र कोभिड बाहेकका सबै सेवा अवरुद्ध गराएका छन् । सरकारले आन्दोलनरत पक्षको माग सम्बोधन गर्ने र अन्य माग सम्बोधन गर्ने तयारीमा रहेको भन्दै काममा फर्कन आग्रह गर्यो ।

सरकारले काममा फर्कन आग्रह गरेसँगै प्रतिष्ठानका कर्मचारीले अवरुद्ध सेवाहरु सुचारु गरेका छन् । तर सबै माग पूरा नभएसम्म आन्दोलन भने यथावत् नै रहने आन्दोलनरत पक्षको भनाइ छ ।

प्रतिष्ठानका चार जना पदाधिकारीको राजीनामा सहित शुद्धीकरणको माग राखेर आन्दोलन गरिरहेको संघर्ष समितिलाई माग पूरा हुने चरणमा रहेको भन्दै आठ बुँदे जानकारी दिएको छ ।

सरकारले भ्रष्टाचारको विषय, छानविन आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्ने, प्रतिष्ठान र विश्वविद्यालयको पदाधिकारी नियुक्ति, चिकित्सा शिक्षा आयोग र मेडिकल काउन्सिलको प्रतिवेदनको विषयमा काम गरिरहेको जनाएको छ । अन्य माग पनि सम्बोधन गर्न सरकार सकारात्मक देखिएको छ । तर आन्दोलनरत पक्ष आन्दोलन जारी नै राख्ने पक्षमा छ ।

तीन महिना लामो आन्दोलनले प्रतिष्ठानको प्रतिष्ठामै आँच पुगेको छ । सरकारले आन्दोलनरत पक्षको माग सम्बोधनमा देखाएको तदारुकता स्वागतयोग्य छ । बाँकी माग पनि पूरा गरेर प्रतिष्ठानलाई सही दिशा दिनु आवश्यक छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *