समाज

चुरे डाँडाबाट लेदोसहितको पहिरो– विज्ञ भन्छन्– जोखिममा बुटवल बजार (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ भदौ २७ गते १७:४८
चुरे डाँडाबाट लेदोसहितको पहिरो– विज्ञ भन्छन्– जोखिममा बुटवल बजार (भिडियो रिपोर्टसहित)

२७ भदौ २०७८ बुटवल । केही दिनअघि बुटवलको शीर, चुरे डाँडाबाट लेदोसहितको पहिरो ज्योतिनगरमा खस्यो । दुई दिनसम्म खसेको पहिरोले झण्डै २ दर्जन घरमा क्षति पुर्‍यायो । चुरेको लेदो बुटवलको मुख्य बजार क्षेत्रसम्मै पुग्यो ।

चुरे पहाडबाट खसेको पहिरोले यसपटक ज्योतिनगरलाई मात्र क्षति पुर्‍याए पनि यसले बुटवल बजार नै जोखिममा पारेको विज्ञहरु बताउछन् ।

बुटवलबाट उत्तर पूर्व फर्केर हेर्दा चुरे पहाड पहिरोले चिराचिरा परेको देखिन्छ । लगातारको वर्षापछि भदौ १३ र १४ गते बुटवलको शीरमा रहेको चुरे पहाडबाट लेदोसहितको पहिरो खसेपछि ज्योनितनगर क्षेत्रका थुप्रै घरमा क्षति पुग्यो । यो त्यहि ठाउँ हो, जहाँ २०५५ सालमा पनि चुरेको पहाड खसेर ५७ घर पुरेको थियो । अहिले फेरि त्यही नियति दोहरिएको छ ।

विज्ञहरुका अनुसार ज्योतिनगर र लक्ष्मीनगर बस्ती पहाड नै धस्सिएर बसेको हो । यसै पनि कमजोर मानिने चुरे मानवीय अतिक्रमणसँगै २०७२ को भूकम्पले थप कमजोर बनायो ।

चुरे क्षेत्रमा पुर्वाधारहरु निर्माण हुने क्रम चलिरहेकोले पनि त्यसले भविष्यमा बुटवललाई ठुलो असर गर्ने देखिएको छ । ज्योतिनगर क्षेत्रका बासिन्दालाई सुरक्षित गर्न बुटवल उपमहानगरले के गरेको छ ?

तत्काल चुरेबाट खसेको पहिरोले ज्योतनगर र लक्ष्मीनगर क्षेत्र जोखिममा देखिएको छ । तर, भूगर्भ शास्त्रीहरुको अध्ययनले भने बुटवल नै उच्च जोखिममा रहेको देखाएको छ ।

एकातिर चुरे क्षेत्रमा अनधिकृत रुपमा पूर्वाधार निर्माण भइरहेका छन् भने अर्कोतर्फ कमजोर चुरेको संरक्षणका लागि सरोकारवाला निकायले आवश्यक चासो दिएका छैनन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *