खेलकूद

एमा रादुकानुलाई महिला एकलतर्फ युएस ओपन टेनिसको उपाधि

हिमालय टिभी
२०७८ भदौ २७ गते ८:२३
एमा रादुकानुलाई महिला एकलतर्फ युएस ओपन टेनिसको उपाधि

२७ भदौ २०७८ न्यूयोर्क । महिला एकलतर्फ युएस ओपन टेनिसको उपाधि बेलायतकी किशोरी एमा रादुकानुले उचालेकी छन् ।

न्यूयोर्कमा सम्पन्न उपाधि भिडन्तमा १८ वर्षकी रादुकानुले १९ वर्षीया क्यानेडियन किशोरी लेह फर्नान्डेजलाई २–० को सेटमा हराउँदै पहिलो ग्राण्डस्लाम जितेकी हुन् । उनले पहिलो सेट ६–४ र अर्को सेट ६–३ ले जितेकी हुन् ।

यससँगै बेलायतले ४४ वर्षपछि कुनै पनि ग्राण्डस्लामको महिला एकलतर्फको उपाधि पनि जितेको छ ।

यसअघि सन् १९ सय ७७ मा बेलायतकी भर्जिनिया वेडले बेलायतका लागि विम्बल्डन टेनिसको उपाधि जितेकी थिइन् । जितपछि बेलायती महाराजी एलिजाबेथले द्बितिया एक विज्ञप्तीमार्फत उनलाई बधाई तथा शुभकामना दिएकी छिन् ।

उता पुरुष एकलतर्फको उपाधिका लागि आज शीर्ष वरियताका सर्बियाका नोभाक जोकोभिच र दोस्रो वरियताका रुसका डानिल मेदभेदेव भिड्ने छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्