आर्थिक

विद्युतीय गाडीको प्रयोग बढ्दै जाँदा ठाउँ-ठाउँमा चार्जिङ स्टेशन खुल्दै (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ भदौ २६ गते २१:०२
विद्युतीय गाडीको प्रयोग बढ्दै जाँदा ठाउँ-ठाउँमा चार्जिङ स्टेशन खुल्दै (भिडियो रिपोर्टसहित)

२६ भदौ २०७८ काठमाडौं । २०१८ सालमा भएको जनगणनाका लागि वरिष्ठ पत्रकार भैरव रिसाल त्यतिबेला लिपुलेक र लिम्पियाधुरामा पुग्नुभएको थियो । उहाँको त्यो बेलाको अनुभव अब हेरौँ एक पटक–

२६ भदौ २०७८ काठमाडौं । पछिल्लो समयमा देशमा विद्युतीय गाडीको प्रयोग बढ्दै गएको छ । गाडीको प्रयोग बढेसँगै ठाउँठाउँमा विद्युतीय चार्जिम स्टेशन पनि खुल्न थालेका छन् ।

नेपाल विद्युत् प्राधिकरणले देशका मुख्य शहर र राजमार्गमा ५० वटा चार्जिङ स्टेशन राख्ने तयारी गरिरहेको छ । त्यसअघि विद्युतीय गाडी विक्रेताहरुले पनि आफ्नो गाडी चल्ने रुटमा चार्जिङ स्टेशन राख्न थालेका छन् ।

विद्युतीय गाडी विक्री गर्दै आएको दिगो ग्रुप अफ कम्पनीजले सिन्धुलीको सुनकोसी गाउँपालिकाको मुलकोटमा चार्जिङ स्टेसन राखेको छ । ‘दिगो चार्ज प्वाइन्ट’ नाम दिएर कम्पनीजले मुलकोटमा ३० किलोवाट क्षमताको डिसी फास्ट चार्जर जडान गरेको हो । यो चार्जरले बिपी राजमार्गमा चल्ने विद्युतीय सवारी साधनलाई सेवा दिनेछ ।

काठमाडौं–सिन्धुली रुटमा दिगो ग्रुपबाट विक्री गरिएका विद्युतीय माइक्रोबस सञ्चालनमा छन् । यस्तै यो बाटो हुँदै केही निजी विद्युतीय गाडी पनि गुड्छन् । त्यसैले विद्युतीय सवारी साधनको चाप बढेपछि चार्जरको क्षमता बढाउने कम्पनीको लक्ष्य छ ।

देशमा बिजुलीको उत्पादन बढ्दैछ । सरकारले बिजुली निर्यात गर्ने लक्ष्य त राखेको छ तर त्यसका लागि आवश्यक पूर्वधार बनिसकेको छैन । यस्तो स्थितिमा विद्युतीय गाडीको प्रयोग बढ्नु र ठाउँठाउँमा चार्जिङ स्टेशन खुल्नु सकारात्मक हो । त्यसैले सरकारले धेरै भन्दा धेरै बिजुली प्रयोग गराउनेतिर सोच्नु आवश्यक छ ।

विद्युतको नियमित आपूर्ति नहुनु चार्जिङ्ग स्टेशनका लागि सबैभन्दा ठूलो समस्या हुन सक्छ । तर प्राधिकरण यसप्रति सचेत र जिम्मेवार छ ।

ठाउँ ठाउँमा चार्जिङ्ग स्टेशन हुने भए पछि व्यवसाय बढाउन सहयोग पुग्ने विश्वास छ विद्युतीय गाडी प्रयोगकर्तालाई ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *