समाज

गाडीको प्रदुषण जाँच गर्ने मेसिन यस्तो अलपत्र (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ भदौ २६ गते १७:०६
गाडीको प्रदुषण जाँच गर्ने मेसिन यस्तो अलपत्र (भिडियो रिपोर्टसहित)

२६ भदौ २०७८ दाङ । गाडीहरूको प्रदुषण जाँच गर्न दाङस्थित यातायात व्यवस्था कार्यालयमा करिब ३ वर्ष अघि पु-याइएका मेसिनहरू प्रयोग विहीन भएका छन् ।

ती मेसिन न त प्रयोगमा आएका छन् न त चालकलाई सवारीको प्रदुषण मापन गर्नु पर्छ भनेर सचेतना नै दिइएको छ ।

वातावरण प्रदुषणको कारकमध्ये एक सवारी साधनबाट निस्कने प्रदुषण परीक्षण गर्न यातायात कार्यालय दाङमा लाखौँ मूल्य तिरेर ल्याइएका मेसिनहरू अहिले दराजमा थन्काइएको छ ।

लामो रुटमा चल्ने सवारी साधनको प्रदुषण परिक्षण बुटवलमा हुन्छ । तर, छोटो रुटमा चल्ने सवारी साधनको भने जिल्लामै हुनु पर्ने हो । ठाउँ र कर्मचारीको अभावले जाँच गर्न नसकिएको कार्यालयका कर्मचारीको भनाई छ ।

कार्यालयमा २ वटा मेसिन छन् । एउटाले पेट्रोलबाट चल्ने र अर्कोले डिजलबाट चल्ने सवारीको प्रदुषण जाँच गरिन्छ । तर, दाङ्गमा छोटो रुटमा चल्ने सवारी साधनको जाँच अहिलेसम्म भएको छैन ।

यातायात कार्यालय दाङमा साना तथा ठूला गरी करिब ७२ हजार सवारी साधन दर्ता छन् । ट्राफिक प्रहरीले पनि सवारी साधनले ट्राफिक नियम पालना नगरे कारबाही गर्दै आएको छ । तर, प्रदुषण सम्बन्धी मामिलामा भने मौन छ ।

यसरी लाखौं खर्चिएर ल्याइएका मेसिन प्रयोग बिहिन हुँदा राज्यको ढुकुटीको दुरुपयोग त भयो नै सवारी जाँच नहुँदा प्रदुषण पनि अनियन्त्रित भएको छ । यसमा सम्बन्धित निकायको ध्यान जान जरुरी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *