समाज

जुनसुकै उमेरका एकल पुरुषले पनि पाउने भए सामाजिक सुरक्षा भत्ता (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ भदौ २६ गते १४:४७
जुनसुकै उमेरका एकल पुरुषले पनि पाउने भए सामाजिक सुरक्षा भत्ता (भिडियो रिपोर्टसहित)

२६ भदौ २०७८ काठमाडौं । धनकुटाको महालक्ष्मी नगरपालिका र तेह्रथुमको छथर गाउँपालिकाका एकल पुरुषले पनि सामाजिक सुरक्षा भत्ता पाउन थालेका छन् । ७० वर्ष पुगेका पुरुषले ज्येष्ठ नागरिक सामाजिक सुरक्षा भत्ता पाउने गरे पनि यी दुई स्थानीय तहमा भने जुनसुकै उमेरका एकल पुरूषलाई भत्ता दिन थालिएको हो ।

धनकुटाको महालक्ष्मी नगरपालिका र तेह्रथुमको छथर गाउँपालिकाले सबै एकल पुरुषलाई सामाजिक सुरक्षा भत्ता दिन थालेपछि आर्थिक रुपमा विपन्न समुदाय लाभान्वित भएका छन् । छथर गाउँपालिकाले पहिलो चरणमा ६० देखि ७० बर्ष उमेरका एकल पुरुषलाई हरेक वडामा नै पुगेर भत्ता बितरण गरेको छ ।

धनकुटाको महालक्ष्मी नगरपालिकाले एकल पुरुषको विवरण संकलन गरिरहेको छ । भत्ताको कार्यविधि बनाइरहेको छ ।

विवरण संकलन र कार्यविधि निर्माणको काम सम्पन्न भएपछि चालु आर्थिक वर्षको साउन महिनादेखि नै लागू हुने गरी प्रति महिना एक हजारका दरले भत्ता उपलब्ध गराउने तयारी नगरपालिकाको छ ।

स्थानीय तहले नीति तथा कार्यक्रममा नै समावेश गरी एकल पुरुषलाई भत्ता दिन शुरु गरेपछि एकल पुरुषले थोरै भए पनि राहत महशुस गरेका छन् ।

स्थानीय तहले भत्ता दिनु त सकारात्मक कदम हो योसंगै जीवन उपयोगी सीप सिकाउने कार्यक्रमहरु ल्याई उनीहरुलाई आत्मनिर्भर बनाउने तर्फ पनि ध्यान जान भने आवश्यक छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *