समाज

बाढीले तटबन्ध भत्काएपछि तीन गाउँका १५० घर जोखिममा (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ भदौ २३ गते २०:२०
बाढीले तटबन्ध भत्काएपछि तीन गाउँका १५० घर जोखिममा (भिडियो रिपोर्टसहित)

२३ भदौ २०७८ बाँके । राप्ती नदीमा आएको बाढीले तटबन्ध भत्काएर कटान शुरु गरेपछि बाँके फत्तेपुर क्षेत्रका ३ वटा गाउँ जोखिममा परेका छन् । बाढीबाट करिब १ सय ५० घर जोखिममा पर्ने देखिएको छ ।

पूर्वपश्चिम बग्दै आएको राप्ती नदीले धार परिवर्तन गरी उत्तर–दक्षिण बग्न थाले पछि बाँके फत्तेपुर क्षेत्रमा कटान शुरु गरी तटबन्ध भत्काउन थालेपछि नदी किनारका खल्ला झगडिया, देउपुरुवा र प्रिपहवा गाउँहरु जोखिममा परेको छ ।

२०७१ सालमा आएको बाढी गाउँ बस्तीमा पसेर ठुलो परिमााणमा क्षति पुराए पछि जनताको तटबन्ध कार्यालयले फत्तेपुर क्षेत्रलाई बाढीबाट जोगाउनका लागि तटबन्ध निर्माण गरेको थियो ।

तटबन्ध निर्माण सम्पन्न भएको दुई बर्ष नबित्दै राप्ती नदीले तटबन्धको जाली र ढुंगाहरु भत्काउन सुरु गरेकाले कुनै पनि बेला बाढी गाउँमा पस्ने जोखिम बढेको छ । बाढीले तटबन्ध भत्काउन सुरु गरे पछि स्थानीय बासिन्दा त्रसित भएका छन ।

राप्ती नदीले तटबन्ध भत्काउन सुरु गरे पछि स्थानिय बासिन्दाले गाउँपालिका र स्थानिय प्रशासनलाई जानकारी गराएर नदी कटान नियन्त्रणका लागि तत्कालै पहल सुरु गरि दिन आग्रह गरेका छन । कटान रोक्नका लागि संघीय सरकारले नै बिशेष कार्यक्रम संचालन गर्नु गर्ने माग उनीहरुको छ ।

स्थानीय बासिन्दाको अनुरोध पछि सुरक्षा अधिकारीहरुको टोलीले स्थलगत निरिक्षण गरी तटबन्ध निर्माणका लागि पहल सुरु गर्ने आश्वासन दिएका छन । धार परिवर्तन हुँदै गएपछि एक साता देखि राप्ती नदीको कटान बढ्दै गएको छ

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *