आर्थिक

कोरोना महामारीका कारण पर्वतको पर्यटन व्यवसाय धरासायी (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ भदौ २३ गते १४:२५
कोरोना महामारीका कारण पर्वतको पर्यटन व्यवसाय धरासायी (भिडियो रिपोर्टसहित)

२३ भदौ २०७८ पर्वत । पर्वतमा करोडौँ लगानी गरेर सञ्चालनमा ल्याइएका पर्यटन व्यवसाय कोरोना महामारीका कारण धरासयी बनेका छन् । पर्यटक आउन छाडेपछि अहिले व्यवसाय बन्दजस्तै छ ।

कालीगण्डकीमाथि बागलुङ र पर्वत जिल्ला जोड्ने गरी निर्माण भएको ‘द क्लिफ’ बञ्जी जम्प अहिले सुनसान जस्तै छ । कोरोना महामारी बीचनै संचालनमा ल्याइएको विश्वकै अग्लो दाबी गरिएको यस बञ्जी जम्ममा पहिले दैनिक करिब तीन दर्जन व्यक्तिले बञ्जी गर्थे ।

तर कोरोना महामारी बढ्दै जाँदा अहिले दैनिक एकादुई बाहेक बञ्जी गर्न आउँदैनन् । बञ्जी लगायतका पर्यटन क्षेत्रमा आवद्ध व्यवसायी अहिले व्यवसाय सञ्चालनका लागि लिएको ऋणको व्याज कसरी तिर्ने भन्ने चिन्तामा छन् ।

अहिले पर्वतमा बन्जी र स्विङ मात्र नभई स्काई साइक्लिङ, स्काई चियर, प्राथना हात लगायत पर्यटकीय आकर्षणका रुपमा छन् । कोरोना संक्रमणदरमा केही कमी आएपछि फाट्टफुट्ट आन्तरिक पर्यटक आउने गरेका छन् । तर यस्ता पर्यटकका लागि पछिल्लो समय बाढी र पहिरो बाधक बनेको छ ।

लामा झोलुङे पुल, साहसिक खेल लगायतका कारण पर्यटकीय हिसाबले पर्वत र आसपासका ठाउँ अब्बल मानिन्छन् । पहिले देशका विभिन्न ठाउँबाट ठुलो संख्यामा पर्यटक यता भित्रिने गर्थे । तर, अहिले त्यसको ठिक विपरीत छ ।

अहिले व्यवासीलाई व्यवसाय संचालन गर्नका लागि लिएको ऋणको व्याज र जनशक्तिलाई पारिश्रमिक दिन पनि धौँ–धौँ परिरहेको छ । साघुँरिदै गएको पर्यटन व्यवसायलाई चलायमान बनाउन सोही अनुरुपको नीति बनाउन जरुरी देखिन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *