खेलकूद

लेह फर्नान्डेज महिला एकलतर्फ युएस ओपन टेनिसको सेमिफाइनल प्रवेश

हिमालय टिभी
२०७८ भदौ २३ गते ७:५९
लेह फर्नान्डेज महिला एकलतर्फ युएस ओपन टेनिसको सेमिफाइनल प्रवेश

२३ भदौ २०७८ काठमाडौं । क्यानेडियन खेलाडी लेह फर्नान्डेज महिला एकलतर्फ युएस ओपन टेनिसको सेमिफाइनलमा प्रवेश गरेकी छिन् ।

१९ वर्षीया फर्नान्डेजले पाँचौं वरियताकी इलिना स्विटोलिनालाई स्तब्ध बनाउँदै अन्तिम चारको यात्रा तय गरेकी हुन् ।

फर्नान्डेजले युक्रेनी खेलाडी स्विटोलिनालाई २–१ को सेटमा हराउन सफल भइन् । पहिलो सेट ६–३ ले जितेकी फर्नान्डेजले दोस्रो सेट ३–६ ले गुमाएको थिइन् । तर तेस्रो सेटमा उनले संघर्षपूर्ण ७–६ को जित निकालिन् ।

अब फाइनल प्रवेशका लागि फर्नान्डेज र दोस्रो वरियताकी आर्याना सबालेन्काले प्रतिस्पर्धा गर्नेछन् ।

बेलारुसकी सबालेन्काले आठौं वरियतामा रहेकी चेक रिपब्लिककी बारबोरा क्रेसिकोभालाई ६–१ र ६–२ को सोझो सेटमा हराइन् ।

उता पुरुष एकलतर्फ दोस्रो वरियताका रुसी खेलाडी डानिल मेदभेदेवले पनि सेमिफाइनलमा स्थान सुरक्षित पारेका छन् । क्वार्टरफाइनलमा उनले नेदरल्याण्ड्सका बोटिक भान डीमाथि ६–३, ६–०, ४–६ र ७५ को जित निकाले ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्