आर्थिक

सरकारले आफूहरुलाई बदनाम गराउन खोजेको उद्योगी व्यवसायीको आरोप (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ भदौ २२ गते १९:२०
सरकारले आफूहरुलाई बदनाम गराउन खोजेको उद्योगी व्यवसायीको आरोप (भिडियो रिपोर्टसहित)

२२ भदौ २०७८ काठमाडौं । उद्योगी व्यवसायीहरुले डेडिकेटेड र ट्रंकलाइन फिडरका नाउँमा विद्युत् प्राधिकरणले आफूहरुलाई बदनाम गराउन खोजेको आरोप लगाएको छन् ।

काठमाडौंमा आज पत्रकार सम्मेलन गरी उद्योगी व्यवसायीले प्राधिकरणले डेडिकेटेड र ट्रंकलाइन सम्बन्धमा अव्यबहारिक र असान्दर्भिक निर्णय गरेर उपयोग नै नगरेको विद्युतको महशुल तिराउन खोजिएको आरोप लगाएका छन ।

नेपाल धागो उत्पादक संघका अध्यक्ष पवन गोल्यानले बिद्युत प्रधिकरणले बक्यौताको नाममा तनाब दिइरहेको आरोप लगाउनुभयो ।

लोडसेडिङ अवधिमा उद्योगी व्यवसायीले विद्युत प्रयोग वा उपभोग गरेको तथ्य प्राधिकरणले पुष्टि गरे बक्यौता तिर्न तयार रहेको उहाँले बताउनुभयो । अनावश्यक रुपमा डेडिकेटेड र ट्रंकलाइनको नाममा चार वर्षवछि अनावश्यक बिल पठाएर उद्योगीहरुलाई अन्याय गरिरहेको उद्योगीको आरोप छ

उद्योगी व्यवसायीहरुले लोडसेडिङ भएको बेला उद्योगहरुले खपत गरेको युनिटवापतको महशुल व्यवसायीहरुले तोकिएको समयमै सबै भुक्तानी गरिसकेको जनाएका छन ।

समयमा बक्यौता तिर्दा उद्योगहरुले प्राधिकरणबाट २ प्रतिशत छुटसमेत पाउने हुँदा कुनै पनि उद्योगको बक्यौता बाँकी नरहेकोले प्राधिकरणले व्यवसायीहरूलाई बदनाम गर्ने काम गरेको भन्दै असन्तुष्टि जनाएका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *