कला/मनोरञ्जन
मिस टिन नेपालका प्रतिस्पर्धीहरुले गरे ट्यालेन्ट राउण्ड प्रस्तुत
२०७८ भदौ २२ गते १८:३५
२२ भदौ २०७८ काठमाडौं । मिस टिन नेपालका प्रतिस्पर्धीहरुले आज ट्यालेन्ट राउण्ड प्रस्तुत गरेका छन् ।
काठमाडौं जेसिजको आयोजना हुन गइरहेको मिस टिन नेपालको छनोट चरण अन्तर्गत प्रतियोगीहरुले आफूभित्र लुकेको प्रतिभालाई देखाएका छन् ।
प्रतियोगितामा छानिएका २३ जना प्रतिपर्धीहरुले ट्यालेन्ट राउण्ड अन्तरगत प्रतियोगीहरुले गीत, कविता, नृत्य, अभिनय, लगायतको प्रस्तुति दिएका हुन् ।
असोज २ गते हुने मिस टिन फाइलन अघि उनीहरुभित्र लुकेको प्रतिभालाई उजागर गर्न ट्याडेन्ट राउण्ड गरिएको काठमाडौ जेसिसका अध्यक्ष कैलाश श्रेष्ठले जानकारी दिनुभयो ।
यस्तै मिस टिन नेपालले लगाउने क्राउन पनि आजै सार्वजनिक गरिएको छ । असोज २ गते हुने मिस टिनको प्रत्यक्ष प्रशारण हिमालय टेलिभिजनबाट हुने छ ।
प्रतिक्रिया