खेलकूद

पहिलो एक दिवसीय क्रिकेटमा नेपालसामू पपुवा न्युगिनीद्वारा १३५ रनको लक्ष्य

हिमालय टिभी
२०७८ भदौ २२ गते १४:०१
पहिलो एक दिवसीय क्रिकेटमा नेपालसामू पपुवा न्युगिनीद्वारा १३५ रनको लक्ष्य

२२ भदौ २०७८ काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लीग टुको तयारीका क्रममा पपुवा न्युगिनी पिएनजीसँग खेलेको पहिलो एक दिवसीय क्रिकेट जित्न नेपालले १ सय ३५ रनको लक्ष्य पाएको छ ।

ओमानको अल अमेरत क्रिकेट ग्राउण्डमा पहिले ब्याटिङ गरेको पीएनजीले जितका लागि नेपाललाई १ सय ३५ रनको चुनौती दिएको हो । ३३ ओभरमा सबै विकेट गुमाएको पीएनजी १ सय ३४ रनमा समेटियो ।

३३ औं ओभरको अन्तिम बलमा सन्दीपले नोसैन पोकनालाई एबिडब्लु आउट गर्दा पीएनजी सस्तैमा अलआउट भयो । पीएनजीका लेगा सियाकाले ३०, चार्ल्स अमिनीले २३ र गौडी टोकाले २२ रन बनाए ।

खेलको शुरुवातदेखि नै नेपालको धारिलो बलिङसामू धरासायी बनेको पीएनजीका चाल्र्स र लेगा सियाकाले तेस्रो विकेटका लागि ५० रनको साझेदारी गरे । तर १२ औं ओभरमा २३ रन बनाएर खेलिरहेका अमिनीलाई सन्दीपले आसिफ शेखको हातबाट क्याच गराए ।

बलिङतर्फ नेपालका लागि सन्दीप लामिछानेले १० ओभरमा ३५ रन खर्चिएर ४ विकेट लिए । त्यस्तै, विक्रम सोब र कुशल मल्लले समान २–२ तथा सोमपाल कामीले १ विकेट लिए । एक बल पनि खेल्न नपाएका दामेन राभू बिना कुनै स्कोर ३० औं ओभरमा रनआउट भए ।

तीव्र गतिका बलर सोमपाल कामीले पहिलो ओभर बलिङ गर्दै ३ रन मात्र दिए । तर दोस्रो ओभरमा बलिङको जिम्मा पाएका डेब्युटान विक्रम सोबले पहिलो बलमै ओपनर टोनी उरालाई एक रनमा बोल्ड आउट गरे । त्यस ओभरमा उनले एक विकेट सहित मेडन राखे ।

डेब्यु खेलको पहिलो बलमै विकेट लिने उनी पहिलो खेलाडी हुन् । विश्व क्रिकेटमा भने यसअघि अन्य २७ खेलाडीले यो सफलता पाएका थिए । आजको खेलमा ओपनरद्धय आसिफ शेख र कुशल भुर्तेलसँगै तीव्र गतिका बलर विक्रम सोबले टोलीमा डेब्यु गरेका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्