खेलकूद
लेह फर्नान्डेज युएस ओपन टेनिसको क्वार्टरफाइनल प्रवेश
२०७८ भदौ २१ गते ८:०३

२१ भदौ २०७८ काठमाडौं । क्यानेडियन खेलाडी लेह फर्नान्डेज युएस ओपन टेनिसको क्वार्टरफाइनलमा प्रवेश गरेकी छन् ।
१९ वर्षीय फर्नान्डेजले १६औं वरियताकी एञ्जलिक केरबरलाई हराउँदै अन्तिम आठको यात्रा तय गरेकी हुन् । फर्नान्डेजले जर्मनीकी केरबरमाथि ४–६, ७–६ र ६–२ को सेटमा हराइन् ।
फर्नान्डेजले तेस्रो चरणमा साविक विजेता नाओमी ओशाकालाई पराजित गरेकी थिइन् । अब सेमिफाइनल प्रवेशका लागि फर्नान्डेज र युक्रेनी खेलाडी इलिना स्विटोलिनाबीच प्रतिस्पर्धा हुनेछ ।
पाँचौं वरियताकी स्विटोलिनाले पूर्व विश्व नम्बर एक सिमोना हलेपलाई हराउँदै अन्तिम आठमा पुगेकी हुन् ।
प्रतिक्रिया