आर्थिक

पाल्पाका किसान यसकारण गोलभेँडा खेतीमा आकर्षित भए (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ भदौ २० गते १५:३२
पाल्पाका किसान यसकारण गोलभेँडा खेतीमा आकर्षित भए (भिडियो रिपोर्टसहित)

२० भदौ २०७८ पाल्पा । बाँदरले उत्पादित अन्नबाली नष्ट गरेर हैरान पारेपछि पाल्पाका किसान व्यावसायिक गोलभेँडा खेतीमा लागेका छन् । बाँदरले मकैसहितका अन्नबालीमा क्षति पुर्‍याउन थालेपछि किसान गोलभेँडा खेतीमा आकर्षित भएका हुन् ।

पाल्पाको रैनादेवी छहरा गाउँपालिका वडा नम्बर ५ मुभुङगका विनबहादुर दर्नालले ७ रोपनीमा मकै खेती गर्नुहुन्थ्यो। मकैबालीमा बाँदरले नोक्सानी गरेर बाली भित्र्याउन नै नपाएपछि दर्नालले व्यावसायिक रुपमा गोलभेँडा खेती थाल्नुभयो । बाँदरले क्षति नगर्ने भएपछि रैनादेवी छहराका किसान अहिले मकै खेती छाडेर गोलभेँडा खेतीमा लागेका छन् ।

बाँदरले मकै, सिमी, बन्दा, धान बालीमा क्षति गर्छ । बाँदरले खुर्सानी, अदुवा, कागती लगायतमा नोक्सानी नै गर्दैन । कोरोनाले अधिकांश युवा भारतमा रोजगारी गुमाएर घर फर्केका छन् । भारतबाट घर फर्केका युवा पनि अहिले व्यावसायिक रुपमा गोलभेँडा खेतीमा मेहनत गरी पैसा कमाउने योजनामा छन् ।

सामुदायिक वन संरक्षणले वन्यजन्तुको सख्या बढेको छ । लोपोन्मुख जनावरहरु अहिले मानव वस्ती नजिकै देखिन थालेका छन् । बाँदर, बँदेल, दुम्सीलगायतका जनावरका कारण कृषि उत्पादनमा नोक्सानी भएको छ । बाँदरबाट प्रभावित किसानका लागि नोक्सानी नहुने अन्नवाली तथा फलफूल लगाउन गाउँपालिकाको सुझाव छ ।

किसानले मेहनत गरी उत्पादित अन्नवाली बन्यजन्तुले नोक्सानी गर्दा प्रतिफल नै प्राप्त हुँदैन । मेहनत अनुसारको प्रतिफल प्राप्त नहुने भएपछि किसानलाई वन्यजन्तुले क्षति नगर्ने अन्नवाली तथा फलफूल खेतीप्रति आकर्षित गर्न स्थानीय तहले कार्यक्रम ल्याउन आवश्यक छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *