खेलकूद
नेपाल–भारत दोस्रो मैत्रीपूर्ण फूटबल आज, हिमालय टेलिभिजनबाट प्रत्यक्ष प्रसारण हुने
२०७८ भदौ २० गते ७:४५
२० भदौ २०७८ काठमाडौं । नेपाल र भारतबीचको दोस्रो मैत्रीपूर्ण फूटबल खेल आज हुँदैछ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा नेपाली राष्ट्रिय फूटबल टोलीले भारतसँग खेल्न लागेको हो ।
माल्दिभ्समा आयोजना हुने साफ च्याम्पियनसिपको तयारीका लागि दुईवटा मैत्रीपूर्ण खेलका लागि भारत नेपाल आएको छ ।
साफ च्याम्पियनसिप आगामी असोज १५ देखि ३० गतेसम्म आयोजना हुने तालिका छ । खेल साँझ साढे पाँच बजेदेखि शुरु हुनेछ ।
बिहीबार भएको पहिलो खेल १–१ गोलको बराबरीमा सकिएको थियो ।
नेपाल र भारतबीच हुने मैत्रीपूर्ण खेल हिमालय टेलिभिजन एचडीले प्रत्यक्ष प्रसारण गर्नेछ ।
प्रतिक्रिया