विदेश

काबुलमा भएको महिलाको प्रदर्शनमा तालिबानको हस्तक्षेप

हिमालय टिभी
२०७८ भदौ २० गते ७:३७
काबुलमा भएको महिलाको प्रदर्शनमा तालिबानको हस्तक्षेप

२० भदौ २०७८ काबुल । अफगानिस्तानको राजधानी काबुलमा तालिबानविरुद्ध महिलाको प्रदर्शनमा हस्तक्षेप भएको छ ।

अफगानिस्तानमा तालिबानको कब्जापछि अधिकारको माग गर्दै काबुलमा महिलाले गरिरहेको प्रदर्शनमा तालिबान अधिकारीले हस्तक्षेप गरेका हुन् ।

राष्ट्रपति भवनतर्फ बढिरहेका आफूहरुमाथि अश्रु ग्याँस र मरिचको धूलोको स्प्रे हानिएको प्रदर्शनकारीले बताए । तालिबानले विरोध प्रदर्शन नियन्त्रण बाहिर गइरहेको बताउँदै आएको छ ।

तालिबानविरुद्ध काबुल र हेरातमा महिलाले लगातार प्रदर्शन गरिरहेका छन् । प्रदर्शनकारीले महिलाको काम गर्ने अधिकार र सरकारमा सहभागी हुने कुरामा जोड दिंदै आएका छन् ।

तालिबानले पनि अबको केही दिनमा महिला सहभागितमा आफ्नो प्रशासनको घोषणा गर्ने बताएको छ ।

तालिबानले महिलालाई सरकारमा सहभागी गराउने बताएपनि उनीहरुलाई कुनै मन्त्री पद भने नदिने स्पष्ट पारिसकेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *