समाज

कक्षा १२ मा कानून अध्ययन गर्न चाहनेको आकर्षण किन बढ्यो ? (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ भदौ १९ गते १५:५५
कक्षा १२ मा कानून अध्ययन गर्न चाहनेको आकर्षण किन बढ्यो ? (भिडियो रिपोर्टसहित)

१९ भदौ २०७८ बाँके । कक्षा ११ र १२ का विद्यार्थीमा कानून विषयप्रति आकर्षण बढ्दै गएको छ । माध्यामिक शिक्षा परीक्षा (एसईई)मा राम्रो अंक लिएर उत्तीर्ण भएका विद्यार्थीसमेत पछिल्ला दिनहरुमा प्लस टुमा कानून विषय लिएर पढन थालेका छन् ।

कानूनलाई नै व्यवसायका रुपमा स्थापित गर्न सकिने विश्वासका साथ कक्षा १२ का विद्यार्थीमा यसप्रति आकर्षण देखिएको छ । यही कारण कानून विषय पढाई हुँदै आएको नेपालगन्जको धम्बोझी माध्यामिक विद्यालयमा भर्ना हुन विद्यार्थीको घुइँचो लाग्ने गरेको छ ।

धम्बोझी माविमा कक्षा १२ मा कानुन संकायतर्फ ६७ विद्यार्थी परीक्षा दिने तयारीमा छन् । कक्षा ११ मा ५८ जनाले भर्खरै परीक्षा दिएका छन् । नयाँ शैक्षिक सत्रका लागि पनि कक्षा ११ मा १२ जना विद्यार्थी भर्ना भइसकेका छन् । अन्य भर्ना हुने क्रममै छन् । कानूनमा नयाँ भर्नाका लागि सोधपुछ गर्ने विद्यार्थीहरुको संख्या पनि उल्लेख्य छ ।

त्रिभुवन विश्वविद्यालय अन्तर्गतका क्याम्पसहरुमा आइएल पढाई बन्द भएपछि स्नातक पास भएका विद्यार्थीले कानून विषयमा स्नातक पास गर्न थप तीन वर्ष पढ्नु पर्ने स्थिति थियो । स्नातक उत्तीर्णले मात्र एलएलबी पढ्न पाउथेँ । तर अहिले पुनः कक्षा १२ मै यो विषयलाई समावेश गर्दा कानून विषयको जग पनि बलियो भएको छ । ७ बर्ष मै स्नातक भई अधिवक्ता बन्न सकिन्छ ।

मुलुक संघीय संरचनामा गएपछि संघ, प्रदेश र स्थानीय गरी तीनै तहमा कानून विषय अध्ययन गरेकाहरुको माग बढ्दो छ । यो माग सम्बोधन पनि हुने र रोजगारीको अवसर सहज रुपमा प्राप्त हुन सक्ने विद्यार्थीको तर्क छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *