मुगुरुजा र हलेप यूएस ओपन टेनिसको चौथो चरण प्रवेश

१९ भदौ २०७८ काठमाडौं । पूर्व विश्न नम्बर एक गार्बिन मुगुरुजा र सिमोना हलेप युएस ओपन टेनिसको चौथो चरणमा प्रवेश गरेका छन् ।
नवौं वरियताकी मुगुरुजाले बेलारुसकी भिक्टोरिया अजरेन्कामाथि ६–४, ३–६ र ६–२ को सेटमा जित निकालेकी हुन् । अजरेन्कामाथि २–१ को जित निकाल्न उनले दुई घण्टा १५ मिनेट लगाइन् ।
स्पेनिस खेलाडी मुगुरुजाले अर्को चरणमा नवौं वरियताकी चेक रिपब्लिककी बारबरा क्रिजसीकोभाको सामना गर्नेछिन् ।
यस्तै अर्को खेलमा पूर्व विश्व नम्बर एक हलेपले कजाकिस्तानकी एलिना रेबाकिनालाई हराइन् । रोमानियाकी हलेपले रेबाकिनालाई ७–६,४–६ र ६–३ को सेटमा हराइन् ।
१२औं वरियताकी हलेपले चौथो चरणमा अब पाँचौ वरियताकी युक्रेनी खेलाडी इलिन स्विटोलिनाको सामना गर्नेछिन् ।
यस्तै जर्मनीकी एञ्जेलिक केरबर पनि चौथो चरणमा प्रवेश गरिन् । केरबरले अमेरिकी खेलाडी सलोनी स्टेफेन्सलाई ५–७,६–२ र ६३ को सेटमा हराइन् ।
प्रतिक्रिया