आर्थिक

पर्यटन विकासमा बोर्ड र टानबीच महत्वपूर्ण सम्झौता (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ भदौ १८ गते १८:४५
पर्यटन विकासमा बोर्ड र टानबीच महत्वपूर्ण सम्झौता (भिडियो रिपोर्टसहित)

१८ भदौ २०७८ काठमाडौं । नेपाल पर्यटन बोर्ड र ट्रेकिङ एजेन्सिज एसोसिएशन अफ नेपाल (टान)बीच जीविको पार्जनका लागि दिगो पर्यटन पुनर्उत्थान गर्ने सम्झौता भएको छ ।

काठमाडौंमा भएको कार्यक्रममा पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत डाक्टर धनन्जय रेग्मी र टानका अध्यक्ष खुमबहादुर सुवेदीले यससम्बन्धी सम्झौतामा हस्ताक्षर गर्नुभएको हो ।

यो सम्झौतापछि पर्यटन बोर्ड र टानले सहकार्य गरेर पर्यटन विकास र प्रवर्द्धनको कामलाई अघि बढाउने छन् । सम्झौतापछि पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत रेग्मीले कोरोना महामारीका कारण थला परेका पर्यटन मजदुरका लागि आफूहरुले काम गरिरहेको दाबी गर्नुभयो ।

कार्यक्रममा टानका अध्यक्ष खुमबहादुर सुवेदीले पर्यटन विकासको लागि समूहगत रुपमा काम गरिरहेको बताउनुभयो । उहाँले पर्यटन व्यवसायसँग जोडिएका सबै श्रमीकहरुको सहकार्य र सहयोगमै टानले आफ्नो काम अघि बढाइरहेको जानकारी दिनुभयो ।

अध्यक्ष सुवेदीले कोरोना महामारीका कारण पर्यटन गतिविधि बन्द हुँदा धेरै श्रमिकले रोजगारी गुमाएकाले उनीहरुलाई सहयोगको खाँचो रहेको बताउनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *