खेलकूद

पहिलो एक दिवसीय क्रिकेटमा श्रीलंकासँग दक्षिण अफ्रिका पराजित

हिमालय टिभी
२०७८ भदौ १८ गते ८:०८
पहिलो एक दिवसीय क्रिकेटमा श्रीलंकासँग दक्षिण अफ्रिका पराजित

१८ भदौ २०७८ काठमाडौं । घरेलु टिम श्रीलंकाले पहिलो एकदिवसीय क्रिकेटमा दक्षिण अफ्रिकालाई पराजित गरेको छ ।

कोलम्बोमा गए राति भएको खेलमा श्रीलंकाले दक्षिण अफ्रीकालाई १४ रनले हराएको हो । जितसँगै तीन खेलको सिरिजमा श्रीलंकाले १–० को अग्रता बनाएको छ ।

दुई टिमबीचको दोस्रो खेल भोलि हुनेछ । श्रीलंकाले दिएको ३ सय १ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले ५० ओभरमा ६ विकेट गुमाएर २ सय ८६ रन मात्र बनाउन सक्यो ।

दक्षिण अफ्रीकाका लागि एडिन मार्क्रमले ९६ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै रस्सी भान डेर डुसेनले ५९ रन जोड्दा हेन्रिच क्लासेनले ३६ रन बनाए । श्रीलंकाका अकिला धनन्जयले २ विकेट लिए ।

यस अघि पहिले ब्याटिङ गरेको श्रीलंकाले ५० ओभरमा ९ विकेट गुमाएर तीन सय रन जोडेको थियो ।

श्रीलंकाका अभिस्का फर्नान्डोले १ सय १८ रनको शतकीय इनिङ्स खेले । दक्षिण अफ्रीकाका कागिसो राबडा र केशव महाराजले २–२ विकेट लिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्