खेलकूद

रोनाल्डो अन्तर्राष्ट्रिय फूटबलमा सबैभन्दा बढी गोल गर्ने खेलाडी

हिमालय टिभी
२०७८ भदौ १७ गते ८:४१
रोनाल्डो अन्तर्राष्ट्रिय फूटबलमा सबैभन्दा बढी गोल गर्ने खेलाडी

१७ भदौ २०७८ काठमाडौं । पोर्चुगलका कप्तान क्रिष्टियानो रोनाल्डो अन्तर्राष्ट्रिय फूटबलमा सबैभन्दा बढी गोल गर्ने खेलाडी बनेका छन् ।

विश्वकप फूटबलको युरोपियन छनोट अन्तर्गत रिपब्लिक अफ आयरल्याण्डविरुद्ध व्यक्तिगत दुई गोल गर्दै उनले दुर्लभ कीर्तिमान बनाएका हुन् । यससँगै ३६ वर्षीय रोनाल्डोको अन्तर्राष्ट्रिय गोल संख्या १ सय ११ पुगेको छ ।

यसअघि इरानका अलि दाईको नाममा १ सय ९ गोलको विश्व कीर्तिमान रहेको थियो । अलीले सन् १९ सय ९३ देखि २ हजार ६ को अवधिमा देशका लागि १ सय ९ गोल गरेका थिए ।

रोनाल्डोले गएको जुलाईमा सम्पन्न युरो कप फूटबलमा समूह चरणको अन्तिम खेलमा फ्रान्सविरुद्ध पेनाल्टीमा गोल गर्दै दाईको नाममा रहेको १ सय ९ गोलको कीर्तिमानको बराबरी गरेका थिए ।

विश्व कप छनोटको समूह ए अन्तर्गत गएराति पोर्चुगलले आयरल्याण्डलाई २(१ गोलले हराएको हो । घरेलु मैदान स्टाडियो डो अल्गार्भेमा एक गोलले पछि परेको पोर्चुगलले अन्तिम समयमा पुनरागन गरेको थियो ।

उसका लागि रोनाल्डोले ८९औं र इञ्जुरी समयको अन्तिम मिनेटमा हेडरमार्फत गरी दुई गोल गरे । यसअघि ४५औं मिनेटमा जोन इगनको गोलबाट आयरल्याण्डले अग्रता लिएको थियो ।

यस्तै खेलको शुरुवातमै रोनाल्डोको पेनाल्टी प्रहारलाई आयरल्याण्ड किपर गाभिन बाजुनुले रोकेका थिए । रोनाल्डोले सन् २ हजार ४ जुन १२ तारिखमा पोर्चुगलका लागि पहिलो गोल गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्