आर्थिक

चाडपर्वको मुख्य सिजनमा पनि लयमा आएन काठमाडौंको होलसेल बजार (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ भदौ १६ गते १७:३५
चाडपर्वको मुख्य सिजनमा पनि लयमा आएन काठमाडौंको होलसेल बजार (भिडियो रिपोर्टसहित)

१६ भदौ २०७८ काठमाडौं । चाडपर्वको मुख्य सिजन शुरु हुँदा समेत काठमाडौको होलसेल बजार महाबौद्ध क्षेत्रमा चहलपहल छैन । चार्डपर्वको सिजनमा पोहोर पनि कोरोना महामारीका कारण व्यापार गर्न नपाएका व्यवसायी यसपटकको सिजनमा व्यापार नहुँदा चिन्तित छन् ।

कोराना सक्रमण शुरु हुनुअघिका चाडपर्वको बेला एक छिनसमेत फुर्सद नहुने व्यवसायी अहिले मुख्य सिजनमै फुर्सदिला छन् ।

यो समय काठमाडौको मुख्य होलसेल बजारमा महाबौद्ध भिडभाड हुनु पर्ने हो । नेपालीहरुको मुख्य चार्डपर्व तीज, दशैं तथा तिहारका लागि सामान किन्न देशैभरबाट ग्राहक आउने यस बजारमा अहिले त्यस्तो छैन ।

चार्डपर्वको सिजन शुरुवातसँगै भ्याइनभ्याई हुने स्थान सुनसान छ । कोरोना सक्रमण शुरु भएता काठमाडौं महाबौद्धका व्यापारीको राम्रोसँग व्यापार भएको छैन । लकडाउन खुकुलो भएसँगै बजारमा मानिसको चहलपहल बढ्दा समेत व्यापार भने बढ्न सकेको छैन । चाडपर्व शुरु हुनुभन्दा एक महिनाअघि होलसेल व्यवसायीका लागि मुख्य सिजन हो । तर यस पटक पनि व्यापार छैन । व्यवसायी व्यापार निकै सुस्त रहेको बताउँछन ।

व्यापार नहुदाँ व्यवसायीहरु पसल कुर्ने र बस्ने काम मात्र भएको बताउँछन । विगतमा चाडपर्वको बेला एक छिनसमेत फुर्सत नहुने व्यवसायहरु अहिले फुर्सदिला भएका छन् ।

देशभरको खुद्रा व्यवसायीहरुको किनमेल गर्ने थलोको रुपमा महाबौद्धको बजार भए पनि यसपटक बजारमा मान्छेको संख्यासमेत कम छ ।

व्यवसायीहरुको ग्राहकले अत्यावश्यक बाहेकका समान नै किन्ने छोडेका छन जसको कारण व्यापार फस्टाउन सकेको छैन । व्यवसायीहरु मुख्य सिजनमा पनि पसल कुर्नेमात्र कामभइरहेको गुनासो गर्छन । लामो समय लकडाउन हुँदा जेनतेन व्यापार किनाइरहेका व्यवसायीहरु चार्डपर्वको सिजन सुरु हुदाँ समेत ग्राहकको चाप नबढ्दा निशास छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *