आर्थिक

गोर्खाज फाइनान्सको साधारणसभा स्थगित गर्न प्रशासनको निर्देशन

हिमालय टिभी
२०७८ भदौ १६ गते १४:४२
गोर्खाज फाइनान्सको साधारणसभा स्थगित गर्न प्रशासनको निर्देशन

१६ भदौ २०७८ काठमाडौं । गोर्खाज फाइनान्सको भदौ २३ गते हुने भनिएको साधारणसभा स्थगित गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौंले निर्देशन दिएको छ ।

फाइनान्सले आगामी २३ गतेका लागि सञ्चालक समिति चयन लगायतका एजेण्डासहित वार्षिक साधारण सभा बोलाएको थियो ।

तर संस्थाका ७१ जना शेयरधनीहरुले नै कोरोना महामारीको जोखिमका बेला साधारणसभा गर्न नहुने भन्दै त्यो रोक्न जिल्ला प्रशासन कार्याल्य काठमाडौंमा उजुरी गरेका थिए ।

उजुरी पछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले साधारण सभा रोक्न फाइनान्सलाई पत्राचार गरेको छ ।

२५ जना भन्दा बढी सहभागी भएर कुनै पनि सभा समारोह जस्ता कार्यक्रम गर्न निषेध गरिएको भन्दै अर्को निर्देशन नहुँदासम्म साधारणसभा स्थगित गर्न प्रशासनले भनेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *