समाज

डुम्रेमा खसेको पहिरो अझै हटेन, सडक खुल्न नसक्दा यात्रु अलपत्र (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ भदौ १५ गते १६:४८
डुम्रेमा खसेको पहिरो अझै हटेन, सडक खुल्न नसक्दा यात्रु अलपत्र (भिडियो रिपोर्टसहित)

१५ भदौ २०७८ पाल्पा । सिद्धार्थ राजमार्गको पाल्पा–बुटबल खण्डको डुम्रेमा अस्ति खसेको पहिरो अझै हटेको छैन । स्थानीय प्रशासनको बेवास्ताका कारण तीन दिनसम्म सडक खुल्न नसक्दा यात्रु अलपत्र भएका छन् ।

पाल्पाको तानसेन नगरपालिका वडा नम्बर–८, तल्लो डुम्रेमा आइतबार बिहान डाँडैसहितको पहिरो खस्यो ।

पहिरोले देवबहादुर सारुको दुई तले घर पुरुै पुरियो । अरु केही घरमा क्षति भयो । स्थानीय बासिन्दाले बल्ल बल्ल ज्यान जोगाए ।

पहिरोले विस्थापित भएकाहरु आफन्त र छिमेकोको घरमा शहरण लिएर बसेका छन । यो पहिरोले घर मात्र पुरेन ।पाल्पा–बुटबल खण्डको सडक नै पुर्‍यो । त्यो सडक ३ दिनसम्म पनि खुलेको छैन । जसले गर्दा यात्रु अलपत्र परेका छन् । यात्रुको गोजीमा पैसा सकिएको छ । पैसा नहुँदा खाना समस्या हुन थालेको छ ।

सडकको तल्लो डुम्रे देखि माथिल्लो डुमेसम्म सवारीसाधानको लाइन छ । डुम्रेको पहिरो छिटो हटाउन र गाडी सञ्चालन गर्न लुम्बिनी प्रदेशका सांसले पनि माग गरेका छन् ।

पहिरो हटाउने काम भइरहेपनि वर्षा कारण समस्या भएको छ । चार ओटा मेसिन प्रयोग गरी पहिरो हटाउने कार्य भइरहेको छ । पहिरो हटाएर सिद्धार्थ राजमार्ग सञ्चालन गर्ने प्रयासमा लागि परेको प्रशासनले जनाएको छ ।

स्थानीय प्रशासन, सडक डिभिजन कार्यालयको बेवास्ताकै कारण सडकमा खसेको पहिरो तीन दिनसम्म हटेको छैन । यसरी सडकमा खसेको पहिरो हटाउन ढिलासुस्ती गर्दा विरामी, सुत्केरी, वृद्ध यात्रुहरुलाई भने निकै सास्ती भोगेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *