नेपालसँग मैत्रीपूर्ण फूटबल खेल्न भारतीय टोली काठमाडौंमा (भिडियो रिपोर्टसहित)_
१४ भदौ २०७८ काठमाडौं । नेपालसँग मैत्रीपूर्ण खेल खेल्न भारतीय राष्ट्रीय फुटबल टिम काठमाडौँ आईपुगेको छ।
नेपालसँगको मैत्रीपूर्ण खेलका लागि भारतले सुनिल क्षेत्रीको कप्तानीमा २५ सदस्यीय टिम घोषणा गरेको थियो । त्यही टिम आज दिउँसो काठमाडौँ आइपुगेको हो ।
भारतीय टोलीलाई अखिल नेपाल फुटबल संघ एन्फाका उपाध्यक्ष शिक्षित पराजुली लगायतले स्वागत गरेका थिए । भारतीय कप्तान क्षेत्रीले कोरोना महामारीका बिचमा पनि मैत्रीपूर्ण खेल खेल्न नेपाल आउँदा पाएको स्वागतबाट आफूहरु खुसी भएको बताए ।
माल्दिभ्समा हुने साफ च्याम्पियनसिपको तयारीमा रहेका नेपाल र भारतले त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भदौ १७ र २० गते दुईवटा मैत्रीपूर्ण खेल खेल्ने छ। साफ च्याम्पियनसिप असोज १५ देखि ३० गतेसम्म माल्दिभ्समा आयोजना हुँदैछ ।
नेपाली टिम पोखरामा बन्द प्रशिक्षणमा छ । नेपाल र भारतले पछिल्लोपटक सन् २०१८ को विश्वकप छनोट खेलेका थिए । त्यो खेल गोलरहित बराबरीमा सकिएको थियो ।
प्रतिक्रिया