समाज

सुदूरपश्चिम प्रदेशसहित विभिन्न स्थानमा गौरा पर्वको रौनक (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ भदौ १४ गते १८:३०
सुदूरपश्चिम प्रदेशसहित विभिन्न स्थानमा गौरा पर्वको रौनक (भिडियो रिपोर्टसहित)

१४ भदौ २०७८ काठमाडौं । सुदूरपश्चिम प्रदेशसहित विभिन्न स्थानमा आज गौरा पर्व हर्षोल्लासका साथ मनाइँदैछ।

गौरा पर्वको मुख्य दिन, आज अठवली अर्थात् अष्टमीका दिन गौरी अर्थात् पार्वतीको पूजाआजा गरी मनाइँदैछ। शिव र गौरीको प्रेम तथा विवाहको सम्झनामा महिला पुरुष देउडा खेल्ने चलन छ ।

भदौ शुक्ल पञ्चमीदेखि सुरु हुने गौरापर्वको पहिलो दिन महिलाले घरघरमा तामाको भाँडामा बिरुडा भिजाउँछन् । बिरुडा भोलिपल्ट षष्ठीका दिन नजिकको धारा, तलाउ वा पोखरीमा लगेर धुने चलन छ।

त्यस्तै सप्तमीका दिन गौरा देवीलाई नजिकैको मठमन्दिरमा भित्र्याएर पूजा अर्चना गरी विवाहित महिलाले दुव धागो चढाउने चलन छ।

अठवली अर्थात् अष्टमीको दिन आज व्रत बसेर गौरा पर्व मनाउने स्थल गौरा खलामा पार्वती र शिवको धुमधामका साथ पूजापाठ गर्ने चलन छ।

सुदूरपश्चिमको मौलिक संस्कृति गौरा पर्व डडेल्धुरा, दार्चुला, बैतडी, डोटी बझाङ, अछाम, कैलाली, कञ्चनपुर तथा भारत उत्तराखण्डको कुमाउ, गढवालमा समेत मनाउने गरिन्छ ।

काम विशेषले उपत्यकामा बसोबास गर्दै आएका सुदूरपश्चिमेलीले पनि काठमाडौंमा आज गौरा पर्व मनाउँदैछन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *