समाज

महोत्तरीमा रातु नदीले यस्तो रौद्ररुप देखाउँदै, वस्ती जोखिममा (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ भदौ १४ गते १६:४१
महोत्तरीमा रातु नदीले यस्तो रौद्ररुप देखाउँदै, वस्ती जोखिममा (भिडियो रिपोर्टसहित)

१४ भदौ २०७८ महोत्तरी । महोत्तरीमा रातु नदीको लम्बाई ७० किलोमिटरभन्दा बढी छ । भारतको सीमासम्म पुग्ने रातु नदीमा चुरेमा पानी पर्न थालेपछि पानीको सतह बढ्छ । यो नदीमा बाढी आउँदा मानव वस्ती र खेतमा पसेर ठूलो क्षति पुर्‍याउने गरेको छ ।

महोत्तरीस्थित बल्वा नगरपालिका वडा नम्बर ४ तिलगढमा रातु नदीले तटबन्ध भत्काउँदा सयौं बिगाह खेत डुबायो । यहाँको लहलहाउँदो धानवाली पुरियो । बाढी तिलगढ बस्तीमा पस्यो ।

झण्डै एक हजार परिवारको बसोवास रहेको वस्तीका ८० प्रतिशत घरमा वाढीले क्षति पुर्‍यायो । चुरे क्षेत्रमा पानी पर्न रोकिएपछि अहिले विस्तारै नदीको रौद्ररुप शान्त हुँदै गएको छ । तर दर्जनौ परिवार वेघर हुन पुगे । र छिमेकी,आफन्त र विद्यालय परिसरमा शरण लिन बाध्य भए ।

रातु नदीले गत वर्ष नै कटान गरेको बल्वा नगरपालिका वडा नम्बर ११ को भगवतीपुर र रौजामा समेत आफ्नो प्रभाव देखायो । सयौं घरमा बाढी पसेर अन्नवाली तथा घर भित्र रहेका सवै सामग्रीमा क्षति गर्‍यो ।

बाढी आएकै दिन तिलगढमा स्थलगत निरिक्षणमा पुगेका प्रमुख जिल्ला अधिकारी तीर्थराज भट्टराईले अल्पकालिन राहतको व्यवस्था गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

रातु नदीले तटबन्ध भत्काएर बर्सेनि हुने क्षति रोक्न पनि प्रशासनले योजना बनाएको छ ।

महोत्तरीमा रातु नदीमात्र नभई जंघा, विग्ही,अंकुशी,कान्तवा र मरहा लगायतका नदीहरुले समेत बर्सेनि बाढीले क्षति पुर्‍याउने गरेको छ । तटबन्धको पक्की निर्माण र नदीमा माटो बालुवा जमेर बढेको उचाई व्यवस्थापन नगरिदासम्म समस्याको समाधान हुने देखिदैन ।

नदी व्यवस्थापनमा चार अर्वभन्दा वढी खर्च लाग्ने सरकारी अनुमान छ । तर बर्सेनि दुई(चार करोड रुपैंया मात्र बिनियोजन हुँदा काम हुन सकेको छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *